शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • आमाको १३ औँ पुण्य तिथिको अबसर पारी पत्रकार अएडीले गरे वडामा सावुन बितरण

आमाको १३ औँ पुण्य तिथिको अबसर पारी पत्रकार अएडीले गरे वडामा सावुन बितरण

  • शुक्रबार, बैशाख २६, २०७७
आमाको १३ औँ पुण्य तिथिको अबसर पारी पत्रकार अएडीले गरे वडामा सावुन बितरण

आमाको १३ औँ पुण्य तिथिको अबसर पारी रेडियाे पाैरखीमा कार्यरत पत्रकार चक्र अएडी र उनका दाजु चन्द्र अएडीले वडामा सावुन बितरण गरेका छन् । त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थित स्वर्गीय मन्धरि देवि अयडीको १३ औँ दिने पुण्य तिथिको अबसरमा  स्वर्गय अयडीका छोरा रत्न मा वि का सह शिक्षक चन्द्रबहादुर अयडी र रेडियो पौरखिमा कार्यरत पत्रकार चक्र बहादुर अयडीले साबुन हस्तान्तरण गरेका हुन । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस लाई लच्छित गरि १ सय २० पिस साबन वडा नम्बर ९ का वडाध्यक्ष वीर बहादुर बिस्टलाई हस्तान्तरण गरेकाे पत्रकार अएडीले बताएका छन्  । चन्द्र बहादुर अयडीका अनुसार प्रत्येक वर्षको पुण्य तिथिका दिन सरसफाइ सम्बन्धि कार्यक्रम सन्चालन गर्ने गरि प्रतिष्ठान संचालन गर्ने बताएका छन्  । अध्यक्ष विस्टले साबन बुझ्दै सानो भयपनि नयाँ कामको सुरुवात गरेको भन्दै धन्यवाद दिएका छन्  साथै यस्तो काम अन्य ब्यक्ति ले पनि सिक्नुपर्ने वडाअध्यक्ष बिष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार