शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ७ जनामा देखियो कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

थप ७ जनामा देखियो कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

  • मङ्लबार, बैशाख २३, २०७७
सेयर गर्नुहोस् :
थप ७ जनामा देखियो कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं — नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका पहिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार