सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • डाक्टर राजु कोल्टी प्रथमिक स्वास्थ्य केन्द्रमा नगए कार्बाही गरिन्छ : निर्देशक डा. अवस्थी (भिडीयो सहित)

डाक्टर राजु कोल्टी प्रथमिक स्वास्थ्य केन्द्रमा नगए कार्बाही गरिन्छ : निर्देशक डा. अवस्थी (भिडीयो सहित)

  • बुधबार, बैशाख १०, २०७७
डाक्टर राजु कोल्टी प्रथमिक स्वास्थ्य केन्द्रमा नगए कार्बाही गरिन्छ : निर्देशक डा. अवस्थी (भिडीयो सहित)

बाजुरा १० बैशाख– बाजुरा जिल्ला अस्पतालमा कार्यरत डाक्टर राजुराज जैशीलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जान केही दिन अगाडी सुदुर पश्चिम निर्देशनालयबाट खाटाएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न जिल्लामा स्वास्थ्य कर्मी परिचालन गर्ने निर्देशन बमोजिम डाक्टर राजुलाई कोल्टी पठाउने निर्णय भएको सुदुर पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताएका छन् ।
बडिमालिका खवरको कोरोना कहर बिषेश कार्यक्रममा बोल्दै डाक्टर अवस्थीले यस्तो बताएका हुन ।  स्वास्थ्य सस्थां अहिलेको अबस्थामा निकै सम्बेदेनशिल रहेकोले कुनै पनी कर्मचारीहरुले अटेर नगरी खटाएको ठाउँमा जान निर्देशन दिएको डाक्टर अवस्थीले बताएका छन् । आफुलाई बाजुराको भुगोलको बारेमा राम्ररी थाहा भएकोले कुनै पनी हालतमा डाक्टर राजुले कोल्टीमा जानै पर्छ नभए त्यसको परिणम नराम्रो हुने डाक्टर अवस्थीले बताए ।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाको निर्देशनमा डाक्टर राजु कोल्टी नगएको भन्ने आफुलाई जानकारी भएको बताएका छन् । अध्यक्ष थापालाई आफुले पनी पठाउन भने पनी अस्पताल ब्यबस्थापन समिति अध्यक्ष थापाले प्रधानमन्त्री केपी ओलीले भने पनी डाक्टर राजुलाई कोल्टी नपाउने भनेको कार्यक्रममा बोल्दै निर्देशक डाक्टर अवस्थीको भनाई रहेको छ ।
संक्रमणको अबस्थामा कुनै पनी डाक्टरले अटेर गरेमा कुनै ठाउँमा काम नलाग्ने र मानवता बिपरित काम रहेको डाक्टर अवस्थीले बताएका छन् । प्रदेश सरकार बिभिन्न जिल्लामा जनशक्तीको अभाव रहे पनी काठमाण्डौबाट पनी थप डाक्टरहरु आएका छन् । यदि डाक्टर राजुले अटेरी गरेमा उनलाई हटाएर भए पनी अरु डाक्टर पठाउन पनी निर्देशनालय तयार रहेको उनले बताएका छन् ।

https://www.youtube.com/watch?v=-mebKk7J23o

चर्चामा

सम्बन्धित समाचार