बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • काेराेना आशंकामा बेलायतबाट आएका तीन जना पाटनअस्पताल भर्ना

काेराेना आशंकामा बेलायतबाट आएका तीन जना पाटनअस्पताल भर्ना

  • सोमवार, बैशाख १, २०७७
काेराेना आशंकामा बेलायतबाट आएका तीन जना पाटनअस्पताल भर्ना

ललितपुर : कोरोना भाइरसको आशंकामा ८१ वर्षीय वृद्धसहित तीन जना पाटन अस्पतालमा भर्ना भएका छन्। बेलायतबाट नेपाल आएका तीन जनामा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि पाटन अस्पताल भर्ना भएका हुन्।

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टबाट उनीहरुलाई पाटन ल्याइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। परिसरका प्रमुख टेकप्रसाद राइका अनुसार  एक जना ८१ वर्षका वृद्धसहित  ५६ र ५८ वर्षकाहरु अस्पताल भर्ना भएका हुन्। उनीहरु गत चैत्र ५ गते नेपाल आएका थिए।

चर्चामा

सम्बन्धित समाचार