शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यस्ता छन् कोरोना संक्रमणपछि देखिने नयाँ लक्षण

यस्ता छन् कोरोना संक्रमणपछि देखिने नयाँ लक्षण

  • आइतवार, चैत्र ९, २०७६
यस्ता छन् कोरोना संक्रमणपछि देखिने नयाँ लक्षण

काठमाडाैं– काेराेना भाइरसकाे संक्रमण विश्वभर फैलिएसँगै यसबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन थालिएकाे छ। विश्वका विभिन्न सरकारहरुले काेराेनाकाे संक्रमणबाट बच्नका लागि विभन्न प्रतिबन्धका घाेषाणाहरु गरेका छन्। यसका साथै आम नागरिकले पनि काेराेनाबाट जाेगिन सावधानी अपनाइ रहेका छन्।

केवल ज्वरो आउनु र खोकी लाग्नु मात्रै काेराेनाकाे लक्षण हाेइन गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसकाे लक्षणका रुपमा देखा परेकाे छ। कोरोना संक्रमित मानिसहरूलाई ज्वरो आउने, गला दुख्ने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने र सासको दुखाइ र अन्य समस्या हुन सक्छ।

जर्मन विशेषज्ञहरुद्वारा रिपोर्ट गरिएको नयाँ लक्षण अनुसार गन्ध र स्वादको क्षमता कोरोना संक्रमितहरुमा कम हुने गरेकाे छ। यी लक्षणहरु ६६ प्रतिशत बिरामीहरुमा देखिएको थियो।

अर्को नयाँ लक्षणमा पखाल पनि लाग्न सक्छ। याे लक्षण कोरोनाका बिरामी मध्ये ३० प्रतिशतमा देखा परेकाे छ।

काेराेनाकाे संक्रमण विश्वमा तीव्रगितमा फैलिइरहेकाे छ। याे महामारीलाई रोक्न अहिलेसम्म कुनै औषधि आविष्कार भएकाे छैन।

तर संक्रमितमा देखिएको लक्षणअनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ। यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ।

यसको उपचारका बारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रुपले अघि बढाइरहेको छ।

यसको नियन्त्रणका लागि सँधै साबुन पानीले हात धुने‚ हाच्छ्यूँ गर्दा नाकमुख छोप्ने। यदि बिरामी भएमा घरमा बस्नु नै यसको नियन्त्रणको उचित उपाय हो।

सिडिसीका अनुसार बाथरुम गएपछि‚ हाच्छ्यूँ गरेपछि करीब २० सेकेन्डजति हात धुनुपर्छ। नाङ्गा हातले आँखा‚ नाक‚ मुख नछुनसमेत सिडिसीले आग्रह गरेको छ।

चर्चामा

सम्बन्धित समाचार