आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • काेराेनाकाे र्‍यापिड टेस्टमा भारतले लगायो रोक

काेराेनाकाे र्‍यापिड टेस्टमा भारतले लगायो रोक

  • बुधबार, बैशाख १०, २०७७
काेराेनाकाे र्‍यापिड टेस्टमा भारतले लगायो रोक

नयाँ दिल्ली- भारतमा र्‍यापिड टेस्टबाट काेराेना भाइरसकाे परीक्षणमा राेक लगाइएकाे छ। केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरकाे तर्फबाट मंगलबार भएकाे संयुक्त पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्‍यापिड टेस्ट किटबाट काेराेना परीक्षणमा राेक लगाएकाे जानकारी गराइएकाे हाे।

आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्‍यापिड टेस्ट किटबाट लिइएको परीक्षणमा नतिजा फरक-फरक आएपछि यसकाे विश्वसनीयतामा प्रश्न उठेकाे बताए। उनले यसलाई ध्यानमा राख्दै आगामी दुई दिनका लागि र्‍यापिड टेस्ट नगर्न भनिएकाे जानकारी गराए। आईसीएमआरले ती राज्यमा आफ्नो टोली पठाउन लागेकाे उनले बताए।

उनका अनुसार गहन छानबिनपछि आईसीएमआरले परीक्षणका लागि निर्देश जारी गर्नेछ। डा गंगाखेडकरले हालसम्म देशमा करोना भाइरसको ४ लाख ४९ हजार ८१० परीक्षण भएकाे बताए। हिजाे मात्रै ३५ हजार परीक्षण भएकाे थियाे।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पछिल्लाे २४ घन्टामा ७०५ जना निकाे भएकाे जानकारी दिए। देशमा अहिलेसम्म ३,२५२ बिरामी निकाे भएकाे उनले बताए। साभार

चर्चामा

सम्बन्धित समाचार