बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुरामा काेराेना परिक्षण पछी मालिका माबिमा राखीएका सबैकाे नेगेटिभ

बाजुरामा काेराेना परिक्षण पछी मालिका माबिमा राखीएका सबैकाे नेगेटिभ

र्‍यापिड डायनोष्टि टेष्ट परिक्षण

  • शुक्रबार, चैत्र २८, २०७६
बाजुरामा काेराेना परिक्षण पछी मालिका माबिमा राखीएका  सबैकाे  नेगेटिभ

बाजुरा २८ चैत्र —   बाजुरा जिल्लाका बिभिन्न क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुको काेराेना परिक्षणका लागि र्‍यापिड डायनोष्टि टेष्ट पछि सबैकाे काेराेना नेगेटिभ भएकाे पाइएकाे छ । क्वारेन्टाईनमा १४ दिन पुगेकालाई र्‍यापिड डायनोष्टि टेष्ट शुरु पछि ३५ जनाकाे काेराेना नेगेटिभ स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।


बाजुरा जिल्ला नौ ओटा क्वारेन्टाईनमा राखिएका मानिसहरुको र्‍यापिड डायनोष्टि टेष्ट गरिएको छ । १४ दिन पुगेका बडिमालिका नगरपालिकाको बडिमालिका माबिमा राखिएका ३५ जना, त्रिवेणी नगरपालिकामा राखिएका १० जना, बुढिगंगामा ४ जना र गौमुलका २ जनलाई र्‍यापिड डायनोष्टि टेष्ट  गरिएको छ । रिपोट नेगेटिभ आएमा उनिहरुलाइ १ हप्ता होम क्वारेन्टटाइमा बस्ने गरि कागज बनाएर घर पठाउने गरेको बडिमालिका नगरपालिकाका स्वास्थ्य स‌याेजक टेक बहादुर खड्काले वताएका छन् ।


नौ ओटा स्थानिय तहका १ सय १७ जनलाइ क्वारेन्टान्टाईनमा राखिएका छन् । र्‍यापिड डायनोष्टि टेष्टका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानिय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका  पन्तले बताए । र्‍यापिड डायनोष्टि टेष्टका लागि पहिलो चरणमा ३ सय थान र्‍यापिड डायनोष्टि टेष्ट किट जिल्लामा आएको छ । क्वारेन्टाईमा बसेका चेक पछि चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी र डिउटिमा खटिएका प्रहरीको पनि टेष्ट गरिएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।


बाजुरामा चैत्र १२ गते देखी हालसम्म बडिमालिका नगरपालिकाको मालिका माबिमा ३५ जना, कालिका आधारभूत बिद्यालयमा ३ जना, त्रिबेणी नगरपालिकाको तोली स्वास्थ्य चौकीमा १८ जना, बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चोकीमा ४ जना त्रिशक्ति माबिमा ८ जना, थुमा माबिमा २ राखिएका छन् । त्यसै गरि खप्तड छेडेदह गाउपालिकाको मष्टेश्वरी माबिमा ४ जना, स्वामीकार्तिक खापर गाउपालिका केन्द्र सुईजीउलामा ३४ जना र गौमुल गाउपालिकाको कृर्तिचौर माबिमा ९ जना गरि जम्मा १ सय १७ जना क्वारेन्टाईनमा राखिएको छन् ।

चर्चामा

सम्बन्धित समाचार