शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कोभिड–१९ को बीमा गर्ने बाटो खुल्यो

कोभिड–१९ को बीमा गर्ने बाटो खुल्यो

  • शुक्रबार, बैशाख ५, २०७७
कोभिड–१९ को बीमा गर्ने बाटो खुल्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणको उपचारको लागि बीमा गर्ने बाटो खुला भएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) रोगका लागि छुट्टै बीमालेख जारी गर्ने बाटो खुलेको हो ।

समितिले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कोभिड–१९ रोगको बीमालेख जारी गरेको जनाएको हो । यो अन्य घातक रोगअन्तर्गत नभएर छुट्टै खालको बीमालेख हुनेछ । यसको लागि छुट्टै प्रिमियम तिर्नुपर्नेछ ।

त्यस्तो बीमालेख घातक रोगको बीमालेख जारी गर्न अनुमति पाएका सबै बीमा कम्पनीहरुले जारी गर्न सक्नेछन् भने त्यस्तो बीमाको शर्तहरु समेत घातक रोगको सम्बन्धमा जारी भएको बीमा निर्देशिका सरह नै हुनेछ ।

समितिले यस्तो बीमालेखको शुल्क पनि निर्धारण गरेको छ । निर्धारित शुल्क अनुसार एउटा व्यक्तिका हकमा बीमा गर्दा प्रति एकलाख बीमाङ्कका लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यदि कुनै व्यक्तिले परिवारकै नाममा बीमा गर्न चाहने हो भने ६ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै, ५० हजार रुपैयाँको बीमाका लागि व्यक्तिगत भए ५ सय रुपैयाँ र परिवार भए प्रतिव्यक्ति ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको बीमा समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना रोग संक्रमणको यो विशेष परिस्थितिमा न्यून आयस्तर भएका परिवारका लागि केन्द्रित गरेर यस्तो बीमालेख ल्याइएको बताए ।

‘यो छुट्टै बीमालेख हो, घातक रोगको सूचीमा यो समावेश भएको होइन । अहिलेका लागि हामीले घातक रोगकै अन्य शर्तहरु कायम गरेका छौँ । केही समयभित्रै छुट्टै बीमालेखको रुपमा ल्याउँछौँ,’ पौडेलले भने ।

यसअघि नै बीमकहरुले कोरोना भाइरसको बीमा गर्ने व्यवस्था भए आफूहरु बीमा गर्न तयार रहेको बताउँदै आएका थिए । योसँगै उनीहरुले अबदेखि तोकिएको शुल्कमा बीमालेख बिक्री गर्न पाउनेछन् ।

या अन्तर्गत कोरोनाको उपचारका लागि बीमा गर्ने कुनै व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि पीसीआर प्रणालीबाट हुनेबित्तिकै त्यस्तो संक्रमितले उक्त दाबी रकम प्राप्त गर्न सक्नेछन् । राताेपाटी डटकमबाट 

चर्चामा

सम्बन्धित समाचार