मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • लकडाउनको समयमा कुनै पनी जनतालाइ भोको राख्दैनौ : अध्यक्ष शाही (भिडीयाे सहित)

लकडाउनको समयमा कुनै पनी जनतालाइ भोको राख्दैनौ : अध्यक्ष शाही (भिडीयाे सहित)

एक गाउँबाट अर्को गाउँको आवत जावत समेत बन्द

  • मङ्लबार, चैत्र २५, २०७६
लकडाउनको समयमा कुनै पनी जनतालाइ भोको राख्दैनौ : अध्यक्ष शाही (भिडीयाे सहित)

लक्ष्मीराज पाध्याय/बाजुरा २५ चैत्र– बिश्वमा त्रास फैलाएको कोरोना भाईरसका कारण यतिबेला बाजुरा जिल्ला पनी त्रासमा रहेको छ । कोरोना भाईरस कोबिड १९ को संक्रमण एक ठाउँबाट अर्को ठाउँको आवत जावत समेत बन्द गरि यतिबेला देश नै लकडाउन गरिएको छ ।
लकडाउनको समयमा गाउँगाउँमा भोकमरी तथा खाद्यन्नको कमी हुने देखीएको बेला स्थानीय तहरुले बिभिन्न उपाय पनी अपनाइरहेका देखीन्छन ।
यसै क्रममा बडिमालिका खवरको कोरोना कहर र स्थानीय तहको भुमीका बिषयमा गरिएको कुृराकानीमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले भने आफ्ना जनतालाई कुनै पनी हालतमा भोकले ग्रसित हुन नदिने बताएका छन् ।
गाउँमा भोकमरी हुन नदिनका लागि नेपाल खाद्य संस्थान र बिभिन्न निकायमा पहल भइरहेको अध्यक्ष शाहीले बताएका छन् । त्यसै गरी गाउँपालिका १ सय कुइन्टल चामलको ब्यबस्थापन गरीसकेको र जनताहरुलाई भोकमरीको चपेटामा नराख्ने गरी योजना बनाएको अध्यक्ष शाहीको भनाइ रहेको छ ।
बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना कहरमा स्थानीय तहको भुमीका बिषायक बहस कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले बताए ।
कोरोनाको त्रासमा जनताहरु रहीरहेका बेला गाउँपालिकाले भने बिभिन्न कार्यक्रमहरु ल्याइसकेको र पुर्ब तयारी गरिरहेको गाउँपालिका अध्यक्ष शाहीले बताएका छन् । कोरोना रोकथामका लागि गाउँपालिकाले बिभिन्न ठाउँमा हेल्थडेस्क समेत स्थापना गरिएका छन् । त्यस्तै गाउँगाउँमा बिभिन्न जनचेताना दिने काम पनी भइरहेको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

भिडीयाे हेर्न तलकाे लिकंमा किलिक गर्नुहाेस  ।

चर्चामा

सम्बन्धित समाचार