मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित नेपालमा काेराेना स‌क्रिमतकाे स‌ख्या ९ पुग्याे

सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित नेपालमा काेराेना स‌क्रिमतकाे स‌ख्या ९ पुग्याे

  • शनिबार, चैत्र २२, २०७६
सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित नेपालमा काेराेना स‌क्रिमतकाे स‌ख्या ९ पुग्याे

कैलाली २२ चैत्र- कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितकी आफन्त हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।
नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार