बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ९२ जना क्वारेन्टाइनमा, १ जना आइसोलेशन भर्ना

बाजुरामा ९२ जना क्वारेन्टाइनमा, १ जना आइसोलेशन भर्ना

मन्त्रालयले पठायो बाजुरामा एक पिस सेनिटाइजर

  • बुधबार, चैत्र १९, २०७६
बाजुरामा ९२ जना क्वारेन्टाइनमा, १ जना आइसोलेशन भर्ना

बाजुरा १९ चैत्र– बाजुरा जिल्लामा बिभिन्न ठाउँबाट आएका ९२ जनालाई क्वारेन्टाइनमा राखीएको छ । जिल्ला बिपत ब्यबस्थापन समितिको बैठकमा सो कुरा सार्बजनिक गरिएको हो । जिल्लाका बिभन्न स्थानमा गरी ९२ जनालाइ क्वारेन्टाइनमा राखीएकाे बताइएकाे छ ।  जिल्लाको पछिल्लो अबस्थाका बारेमा जिल्ला बिपत ब्यबस्थापन समितिको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा बाजुरा जिल्लाको अबस्था र सम्बन्धीत निकायको प्रगतिका बिषयमा छलफल गरिएको थियो । जसमा खाद्यन्नको अबस्था क्वारेन्टाइनमा राखीएका मान्छेको अबस्था, नुन तेल लगायत अत्याआबश्यक बस्तुको बिषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी तथा बिपत ब्यबस्थापन समिति संयोजक गंगाप्रसाद न्यौपानेले बताए ।
बाजुरा जिल्लामा हाल बिभिन्न स्थानीय तह र जिल्ला तह गरी ९२ जनालाई क्वारेन्टाइन तथा १ जनालाई आइसोलेशन वार्डमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए । त्यसै गरी पिपिईको अबस्था हालका लागी केही मात्रामा भए पनी प्रयाप्त मात्रामा नभएको र सोको माग गर्ने समेत छलफल भएको बताईएको छ ।

Image may contain: text
त्यस्तै बाजुरा जिल्लामा प्रदेश सरकारले बिभिन्न सामान पठाएको र केही मात्रामा समस्या हल भए ता पनी जिल्लाका लागी प्रयाप्त मात्रामा नपुगेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बैठकमा जानकारी गराएका थिए । सोही सामानमा बाजुराका लागि भनेर १ पिस सेनीटाजर समेत पठाएको पन्तले जानकारी गराए ।
बाजुरा जिल्लामा हाल खाद्यन्न संकट नभएको जिल्ला बिपत ब्यबस्थापन समितिले जानकारी दिएको छ । बाजुरा जिल्लाको नेपाल खाद्यय संस्थानमा ७ सय कुइन्टल चामल स्टक रहेको छ । त्यसै गरी कोल्टीमा पनी २ सय ५ कुइन्टल स्टक रहेकोले हाल कुनै संकट नआएको नेपाल खाध्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले जानकारी गराएका छन । बाजुरा जिल्लाका बिभिन्न ब्यापारीहरुसंग पनी ९ सय कुइन्टल भन्दा बढि चामल रहेको बाजुरा उद्योग बाणिज्य सघं बाजुराका अध्यक्ष देबबहादुर रोकायाले बताए ।


हाल नुन डिपोहरुमा पनी प्रयाप्त मात्रामा नुन रहेकोले नुनको पनी समस्या नहुने साल्ट टेडिङ्गले जनाएको छ । बाजुरा जिल्लाका बिभिन्न डिपोमा नुन प्रयाप्त मात्रमा रहेकोले नुनको पनी संकट नहुने बताएका छन् ।
बिजुली पानी र टेलीकमका बिषयमा पनी छलपल भएको बताइएको छ । बाजुरा जिल्लामा कुनै पनी ठाउँमा पानी बिजुली र नेपाल टेलीकमबाट हुने सेवा प्रबाहमा कुनै अबरोध नगर्न समेत बिपत ब्यबस्थापन समितिले सम्बन्धीत निकायमा आग्रह गरेको जिल्ला बिपत ब्यबस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार