शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • पाँचौं युवती पोखरादेखि बागलुङसम्म एउटै स्कर्पियोमा , बेल्जियमदेखि बागलुङसम्म सँगै आएकी वृद्धा भने स्वस्थ

पाँचौं युवती पोखरादेखि बागलुङसम्म एउटै स्कर्पियोमा , बेल्जियमदेखि बागलुङसम्म सँगै आएकी वृद्धा भने स्वस्थ

  • शनिबार, चैत्र १५, २०७६
पाँचौं युवती पोखरादेखि बागलुङसम्म एउटै स्कर्पियोमा , बेल्जियमदेखि बागलुङसम्म सँगै आएकी वृद्धा भने स्वस्थ

पोखरा । नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्ति शनिबार भेटिए । ती पाँचौं व्यक्ति बाग्लुङकी एक युवती हुन् । चैत ४ गते बिहान कतार एयरवेजको क्यूआर ६५२ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेकी उनी सोही दिनै बागलुङ आइपुगेकी थिइन् ।

सोही दिन उनी दिउँसो १२.४५ को यती एयरलाइन्सको ६७९ विमानमा पोखरा आएकी हुन् । पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किमी र त्यहाँबाट ६११२ नम्बरको स्कर्पियोमा अन्य यात्रुसँगै उनी बाग्लुङ गएकी थिइन् । उनीसँगै बेल्जियमबाट बाग्लुङ अर्की एक महिला पनि पुगेकी थिइन् ।  ६५ वर्षीया ती महिला भने अहिले पनि स्वस्थ छिन् । उनमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । काठमाडौं झरेपछि युवतीसँगै ट्याक्सीमा आन्तरिक विमानस्थल गई जहाजमा पोखरा र त्यहाँबाट बागलुङसम्मै अर्का एक युवा पनि सँगै आएका थिए । उनमा पनि कुनै समस्या छैन ।

घरसम्मै स्कर्पियोमा पुगेकी युवती त्यहाँ हजुरबा, हजुरआमा र बुबाका साथ बसेकी छिन् । सुरुमा उनलाई ज्वरो आएर खोकी लागेपछि आफैं चिकित्सकको सम्पर्कमा आएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका चिकित्सकले सामान्य जाँचपछि सुरुमा घरमै बस्‍न सल्लाह दिएका थिए । घरमा रहँदा उनी ‘होम क्‍वारेन्टाइनमा’ थिइन् । दोस्रोपटक ज्वरो बढेपछि उनको स्वाव नमुना परीक्षणका लागि बुधबार काठमाडौं पठाइएको थियो । त्यसको रिपोर्ट शनिबार मात्रै आएको हो । युवती स्थानीय कुडुले माविमा कक्षा ११ की विद्यार्थी हुन् ।

ती युवती अहिले घरमै छिन् । उनलाई अब धौलागिरि अस्पतालमा राख्ने कि काठमाडौं पठाउने भन्नेबारे सल्लाह भइरहेको बाग्लुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताए । अहिले जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसिरहेको छ । बैठकले उनको उपचार गर्ने ठाउँको बिषयमा टुंगो लाग्ने प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिए । यस्तै, सोही युवती सँगै एउटै विमानमा आएका अन्य यात्रुको आइतबार स्वाब संकलन हुने भएको छ । बागलुङमा किशोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसको सन्त्रास पोखरामा पनि बढेको छ । #बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार