शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ३ महिनासम्म खाद्यन्न अपुग नुहने प्रजिअ न्यौपाने ( भिडीयाे सहित)

बाजुरामा ३ महिनासम्म खाद्यन्न अपुग नुहने प्रजिअ न्यौपाने ( भिडीयाे सहित)

  • शुक्रबार, चैत्र १४, २०७६
बाजुरामा ३ महिनासम्म खाद्यन्न अपुग नुहने प्रजिअ न्यौपाने ( भिडीयाे सहित)

बाजुरा १४ चैत्र– कोरोना भाइरस कोबिड १९ को संक्रमण पछि बाजुरा जिल्ला पनी लगडाउन गरिएको छ । सोही कारण बाजुरा जिल्लामा खाद्यन्नको अबस्था कस्ताका बारेमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बाजुरामा ३ महिनासम्म ढुक्क हुन बाजुराबासीलाई अनुरोध गरेका छन् । जिल्लामा यतिबेला कुनै पनी सवारी साधन लगायत मान्छे हिडुडुलमा समेत रोक लगाएको कारण खद्यान्नको अबस्था के हुन्छ भन्ने प्रश्नमा प्रजिअ न्यौपानेले बाजुरा जिल्लामा खाद्यन्नको कुनै समस्या हुन नदिने र कालोबजारी पनी हुन नदिने बडिमालिका खवरसंग बताएका छन् ।

बडिमालिका खवरको अन्तरबार्तामा प्रजिअ न्यौपानेले बाजुरा जिल्लाका सबै बस्ती बस्तीमा कोबिड १९ को रोकथामका लागी बिभिन्न कार्यक्रमहरु जनचेतना दिने काम भइरेहेको र गाउँगाउँमा नेपाल प्रहरी स्वास्थ्यकर्मी समेत राखीएकोले कुनै समस्या नहुने बताएका छन् । बाजुरा जिल्लामा कुृनै त्यस्ता बिरामीहरु फेला परिहाले पनी तुरुन्तै उपचारमा लाग्ने बताए । जिल्लामा सम्भव नभए सुबिधा सम्पन्न ठाउँमा पनी पुर्याएर उपचार गर्ने योजना बनाएको बडिमालिका खवरसंग बताएका छन् ।
औसधी उपकरण पनी छैन भन्ने स्वास्थ्यकर्मीको जिज्ञासा छ नी भन्ने प्रश्नमा प्रजिअ न्यौपानेले सो कुराको स्वीकार गरेका छन् । बाजुराको जिल्ला अस्पतालमा समेत त्यस्ता उपकारण नभएको र त्यसको लागि सामान मगाउने काममा आफु लागिरहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार