शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हिमाली
  • अध्यक्ष मल्ल भन्छन्, चरित्र हत्या गर्ने योजना हो, पैशाको बार्गेनिङ्ग गरेको छैन (अडियाे सहित)

अध्यक्ष मल्ल भन्छन्, चरित्र हत्या गर्ने योजना हो, पैशाको बार्गेनिङ्ग गरेको छैन (अडियाे सहित)

  • शुक्रबार, फाल्गुन २३, २०७६
अध्यक्ष मल्ल भन्छन्, चरित्र हत्या गर्ने योजना हो, पैशाको बार्गेनिङ्ग गरेको छैन (अडियाे सहित)

बाजुरा — गल्ति छ भने कानुनी कार्यवाहि भोग्न तयार हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले आफ्नो चरित्र हत्या गर्ने योजना भएको बताएका छन् । आफुले कुनै पनि पैशाको बार्गेनिङ्ग गरेको छैन्, कसरी हुन्छ बिद्यालयको भवन राम्रो बनाउनु पर्ने सहजिकरण मात्र गरेको बडिमालिका खबर सँग टेलिफोनमा बताएका छन् । आफुले ठेक्का मिलाउनका लागि कसैलाई पनि पैशा नदिएको वताएका छन् ।

ठेकेदार बिचको बिवाद भएपछि सहजिकरण गरिदिनु परयो निर्माण ब्यबसायिको अध्यक्षले भन्नु भएको हो, जसरी पनि मिलेर लिनुहोस भनेको हो । चन्दा संकलन गरेर बिद्यालय स्थापना गर्न लागेका हौ, धेरै बार्गेनिङ्ग गरेर बिद्यालय नराम्रो बनाउने बाताबरण नहोस मात्र भनेको हो मल्लले भने । आफ्नो र निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीको चरित्र हत्या हुने काम मात्र रहेको यसमा कुनै पनि मिलोमतो नभएको वताएका छन् । हामि बिद्यालयमा टेक्निकल शिक्षा बनाउन लागेका हौ, यदि मेरो गल्ति छ भने जस्तोसुकै कानुनी कार्यवाहि भोग्न तयार रहेको वताए ।

अध्यक्ष मल्ल सँग गरीएकाे कुराकानी

म कुनै ठेक्का कुनै ब्यबसाहमा संलग्न नरहेको वताए । आफ्नो छोराको नाममा कुनै पनि ठेक्का फम नभएको वताएका छन् । साथै म माथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । बिहिवार निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएको हो । हिमाली गाउँपालिका ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बार्गेनिङ्ग गरेको अडियो बाहिर आएको थियो । अन्तमा पैसा बाँडेर आफ्नै छोराले दर्ता गराएको फमलाइ ठेक्का पार्ने गरि फम दर्ता भएका छन् । गाउँपालिकामा ६९ वटा निमार्ण ब्यवसायीहरुले बोलपत्र फर्म खरिद गरे पनि चार ओटा फर्म मात्र मिलोमतोमा दर्ता गराएका छन ।

ठेक्का प्रक्रिया गर्दा प्रतिश्पर्धाका आधारमा गर्नुपर्ने र सवै भन्दा बढी घटेको ब्यवसायीले काम गर्न पाउने ब्यवस्था भए पनि हिमाली गाउपालिकाको सो विद्यालयको भवन वनाउनकालागि ब्यवसायीहरुका विचमा मिलोमतो गरी पैसा बाडेर ठेक्का आफ्नो छोरालाई प्रदान गरेको देखिन्छ । ठेक्का प्रक्रियालाई ब्यवस्थित बनाउन जिल्ला निमार्ण ब्यवसायी संघले समन्वयात्मक भुमिका खेल्नु पर्ने भए पनि उल्टै बार्गेनिङ्ग गर्ने र पैसा बाडफाँड गर्ने गरेको अडियोमा खुलेको छ ।

चर्चामा

सम्बन्धित समाचार