शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनका नेपालीलाई पोल्याण्ड वा हंगेरीतर्फ लाग्न वर्लिन दूतावासको सुझाव

युक्रेनका नेपालीलाई पोल्याण्ड वा हंगेरीतर्फ लाग्न वर्लिन दूतावासको सुझाव

  • शनिबार, फाल्गुन १४, २०७८
युक्रेनका नेपालीलाई  पोल्याण्ड वा हंगेरीतर्फ लाग्न वर्लिन दूतावासको सुझाव

युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिंदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।

सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरुलाई युक्रेन छाडेर ती मुलुकहरुतर्फ जान दूतावासले अनुरोध गरेको हो । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार