शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • खन्डकाब्य अन्तरवार्ता

खन्डकाब्य अन्तरवार्ता

  • मङ्लबार, कार्तिक १, २०७९
खन्डकाब्य अन्तरवार्ता
         जनक बि सि

मसाल :- मसालकाे निति सिद्धान्तमा तपाईंहरु नरहनुकाे कारण कारबाही पर्नु भएको हाे , पार्टीको इतिहास पार्टीले गरेको वर्ग संघर्षकाे इतिहास पार्टीलाई रायमाझीले दरबार पुर्‍याएकाे इतिहास लगायतका घटनाहरु के तपाईंहरुलाई थाहा छ ?

कारबाही पक्ष :- थाेर थाेरैमा थाहा छ तर इतिहास हामीले भुलि सकेका छाै । मसालका महामन्त्री माेहन बिक्रम सिह र चित्र बहादुर केसी मसाल र राजमाे काे प्रतिनिधित्व गर्ने पाका नेता हुन , उनिहरुले पार्टीको निति र सिद्धान्तमा खाेट आउने काम गर्नेहरुलाई केन्द्रदेखि तलकाे निकायसम्म कारबाही गर्ने सवालमा उनिहरु मरि जालान तर हामीलाई छाेडेनन।
हामी मसाल नभए पनि मसाल कै नाममा काम गरे झै देखाएर जनतालाई भ्रम पार्ने एक अराजकतावादि समुह हाै ।

मसाल :- पार्टीको आठौं महाधिवेशनमा तपाईंहरु अलि अराजकरुपमा देखिनु भयो , पार्टीलाई प्रहार गर्ने , प्रवाश शाखाहरुमा गुटबन्दी गर्दै जाने , विस्व कम्युनिस्ट आन्दोलन र देशको कम्युनिस्ट आन्दोलनमा ठूलो धाेका हाेईन याे ?

कारबाही पक्ष :- हाे , धाेका हाे । हामी माक्र्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारा सिद्धान्तमा अडिक कम्युनिस्ट पार्टी बचाउने मार्ग दर्शनमा छैनाै । हामी देशमा अन्य राजनीति पार्टी र समुहहरु भन्दा हामी कारबाही मसालकाे मुल्य अलि चर्को छ । हामीलाई जुन दल र पार्टीले बढी मुल्य दिने गर्दछ त्यहि राजनीति पार्टीमा बिलय हुन्छौं । हाल हामी नेकपा (मसाल) बाट कारबाहीबाट बाहिर फ्याँकिएपछि बिस्व र नेपाली कम्युनिस्ट आन्दोलन भन्ने कुन चरिकाे नाम हाे थाहा छैन यद्यपि हामी आठौं महाधिवेशन मै नेकपा (मसाल) लाई नेपाली धर्तीमा खरानी पार्न चाहेका थियौ हामीले सकेनाै ।

मसाल :- तपाईंहरुकाे विषेश महाधिवेशनकाे आन्तरिक तयारी बताई दिनाेस न ?

कारबाही पक्ष :- हामी गणतन्त्र रास्ट्रियता र धर्मनिरपेक्ष्यता नेपाली जनताको प्रमुख एजेन्डा जुन थियो त्यो एजेन्डाबाट हामी बाहिर निस्केका छाै , बरु प्रतिगमनलाई समर्थन गर्ने गरि देशिय सामन्तवाद , भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादकाे नाैटङकि बिराेध भने हामी गरि रहने छाै र हाम्रो विषेश महाधिवेशनकाे मुल लाईन नै यहीँ हाे ।

मसाल :- भारत साम्राज्यवादमा परिणत भइसकेको हाम्रो आठौं महाधिवेशनले पारित गर्दा तपाईंहरुकाे पनि समर्थ थियो नि ?

कारबाही पक्ष :- मुख्य गरेर हाम्रो भिजन माक्र्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारा पथपर्दशक सिद्धान्त मान्ने जुज सिद्धान्त हने त्यसैलाइ च्युत (खतम) गर्ने हाम्रो मुख्य लाइन हाे । यहाँबाट हामी हार खाएपछि माेहन बिक्रम सिह र चित्र बहादुर केसीलाई जन्म सँगै न्वारानदेखिकाे बल प्रहार गरिरहेका छाै ।

मसाल :- तपाईंहरुकाे विशेष महाधिवेशन एजेन्डा के हाे ?

कारबाही पक्ष :- के के साेधि राखेका हामीलाई घाेचि रहदा यति टाउकाे दुखेको छ , टाउकाको दुखाइकाे मेडिशन हामी कहि पाएनाै ।
ए,,,,,,,, राम के भयाे के याे हाम्रो हालत ?????
हामी कस्तो भयाै थाहा छैन तपाईंहरुलाई मङ्सिर ४ , २0७९ काे निर्वाचन बहिष्कार गर्दै छाै ।

चर्चामा

सम्बन्धित समाचार