मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • शुक्रबार, फाल्गुन ९, २०७६
आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको जनाएको छ । शुक्रबार पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले अहिले देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार