बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • भाइरल प्रभाबित क्षेत्रमा ५ सय २२ जनाको उपचार गरियो

भाइरल प्रभाबित क्षेत्रमा ५ सय २२ जनाको उपचार गरियो

  • बिहिबार, माघ २३, २०७६
भाइरल प्रभाबित क्षेत्रमा ५ सय २२ जनाको उपचार गरियो

बाजुरा २३ माघ — बाजुरा जिल्लाको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा फैलिएको भाइरल रोगका ५ सय २२ जना बिरामीको उपचार भएको छ । हिजो र आज गरी ५ सय २२ जनाको उपचार गरिएको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरि स्वामीकार्तिक खापर गाउँपालिकामा १ सय १५ जनाको उपचार गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले दिएको जानकारी अनुसार स्थानीय तहमा भएका र जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको बताएको छ । हिमाली गाउँपालिकामा रहेका बिरामीहरु मध्य दुई जनाको नमुना संकलन गरिसकेको बताएको छ । हिजो देखी निरन्तर स्वास्थ्यकर्मीले उपचार गरिरहेको बताएको छ । नमुना संकलन कुन ठाउँ पठाएको भन्नेबारे जिल्ला प्रशासन कार्यालले पठाएको पत्रमा उल्लेख गरिएको छैन । स्वामीकार्तिक खापर गाउँपालिकामा हिजो र अस्ती गरि २ जनाको मृत्यु भइसकेको छ । भाइरल रोग बिस्तारै नियन्त्रणमा आउदै गरेको स्वास्थ कार्यालय बाजुरा निमित्त कार्यालय प्रमुख रामचन्द यादवले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार