शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा फेरी हिमपात र बर्षा, मार्तडी कोल्टी सडक फेरी अबरुद्ध, जनजिवन कष्टकर

बाजुरामा फेरी हिमपात र बर्षा, मार्तडी कोल्टी सडक फेरी अबरुद्ध, जनजिवन कष्टकर

  • बुधबार, माघ १५, २०७६
बाजुरामा फेरी हिमपात र बर्षा, मार्तडी कोल्टी सडक फेरी अबरुद्ध, जनजिवन कष्टकर

बाजुरा १५ माघ– बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा फेरी हिमपात र बर्षा सुरु भएको छ । हिमपात र बर्षा भएसंगै मार्तडी कोल्टी सडकखण्ड पुन १४ गते रातीदेखी अबरुद्ध भएको छ । बडिमालिका नगरपालिका वडा न ७ को पोरखेलेखमा हिउँ पर्न थालेपछी बाजुरा सदरमुकाम मार्तडीबाट कोल्टीसम्मका जीप र ट्याक्टर चल्न सकिरहेका छैनन । बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा फेरी हिमापात सुरु भएको हो । हिमपातका कारण जिल्लाको जनजिवन फेरी कष्टकर बन्दै गएको छ ।


बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको ए महिना पछि बडिमालिका नगरपालिकाको पहलमा माघ १० गते डोजर लगाएर हिउँ फालेको थियो ४ दिन सम्म संचालन भएको यातायात पुन बन्द भएको छ । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको र आवतजावत पनि बन्द भएको छ ।
बाजुरा जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तरगत एक महिना अगाडी देखी परेको हिउँ पन्छाएर बाटो खुलाएको थियो । बडिमालिका नगरपालिको सहयोग र बडिमालिका नगरपालिका वडा न ७ को समन्वयमा एक महिनादेखी परेको हिउँ हटाएर बाटो खुलाएको भए पनि ४ दिन मात्र यातायात संचालन भएको र पुन बन्द भएको यातायात ब्यबासायीहरुले बताए । मसिंर २७ गते पहिलो पटक हिमपात भएको थियो त्यसपछि पटक पटक गरेर ७ औँ पटक जिल्लाका उच्च भुभागमा हिउँ परेको छ । मस्ािंर महिनादेखी देखि परिरहेको हिमपात र वर्षाले मार्तडी कोल्टी सडक खण्ड अन्तरगत पोरखे लेख र आसपासको क्षेत्रमा रहेको सडकमा हिउँ जमेको छ । बाजुरा जिल्लामा लगातारको हिमपातका कारण जनजिवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका ४ ओटा स्थानीय तहमा भएको दैनिक उपभोग्य सामानको अभाव भएको भन्ने खवर पछी बडिमालिका नगरपालिका वडा न ७ को कार्यालयको समन्वय तथा बडिमालिका नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालेर सडक संचालनमा ल्याइएको थियो ।


पोरखेलेकमा हिउँ जम्न थालेपछीे हिँडडुलमा समस्या भएको बडिमालिका नगरपालिका वडा न ७ का स्थानीय लोकेन्द्र रोकायाले बताउनुभयो । मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन् ।
हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायी चक्र बडुवालले बताए ।


त्यसै गरि जिल्लाका बिभिन्न बिद्यालयहहरु पनी बन्द भएका छन् । बडिमालिका नगरपालिका वडा न ७ ढम्कनेमा रहेको सरस्वती निम्न माद्यामीक बिद्यालय, बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा रहेको हिमाली प्राथमिक बिद्यालय हिमाली गाउँपालिका वडा न ३ गुम्बामा रहेको रहेको हिमालभक्ती प्राबि लगायत एक दर्जन भन्दा बढि शैक्षिक संस्थाहरु हिमपातका कारण अबरुद्ध भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । लगातार मसिंर २६ गते रातीदेखीको पानी संगै हिमापत सुरु हुँदा उच्च हिमाली क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार