शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • धादिङमा मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या सात पुग्यो (अपडेट)

धादिङमा मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या सात पुग्यो (अपडेट)

घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

  • मङ्लबार, माघ ७, २०७६
धादिङमा मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या सात पुग्यो (अपडेट)

मंगलबार धादिङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए।

घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिए।

‘केही घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन्’, उनले भने।

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।

मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ।

उक्त ट्रकमा २५ जना थिए।

चर्चामा

सम्बन्धित समाचार