शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • रमेशलाई दैनिक जीवन यापन गर्न वडाले दियो राहत

रमेशलाई दैनिक जीवन यापन गर्न वडाले दियो राहत

  • सोमवार, पुस २८, २०७६
रमेशलाई दैनिक जीवन यापन गर्न वडाले दियो राहत

बाजुरा २८ पौष — हुईल चियर किन्न निकै असहज भएका रमेश रावतलाई केही राहत भएको छ । खप्तड छेडेदह गाउपालिका वडा न ३ को कार्यलयले रमेशलाई हसइलचियर किनीदीएपछीको जिवनी केही फरक भएको हो । खप्तड छेडेदह गाउपालिका वडा .न ३ बस्ने रमेश रावतलाई दैनिक जीवन यापन गर्न अलि सजिलो होस भनी खप्तड छेडेदह गाउपालिका वडा न ३ को कार्यलयले उनलाई हुईल चियर प्रधान गरेको छ । उनी बिगत लामो समय देखि पुर्ण रूपमा अपाङ्ग भएर आफ्नो दैनिक जीवन एउटा घरको बन्द कोठामा गुजार्दै आएका रावत वि स २०७२ साल जेठ ३ गते भरतको उत्तराखण्ड राज्यमा बिजुलि मा काम गर्ने क्रममा  बिजुलिको पोल बाट खसेर दृर्घटनामा परेका रावतको मनमा मलम लगाउन वडाकार्यालयको पहलमा हुइलचियर प्रदान गरिएको खप्तड छेडेदह गाउपालिका वडा न ३ का वडा अध्यक्ष दिपक रावतले बताए । पोलबाट झर्दा ढाड भाँचिए पछि घर फ्रकेका उनलाई केही राहत भएको छ । उपचार गर्ने नसकेर घरमा थन्केका उनको दुईटै खुट्टाले काम गर्न छोडे पछि रमेशले सबैलाई हारगुहार गर्दा पनि उपचार नपाए पछि घरको कोठामा जिवनलाई सिमित बनाएर बसेका रावत हुइलचियर पाएपछी घरभित्र र बाहीर गर्न पाएकोमा खुसी ब्यक्त गरे । उपचार गर्न नसके पनि उनलाई दैनिक जिवनमा घर बाहिर भित्र आवत जावत गर्ने केही राहात पुगोस भनी वडा कार्यलयले उनलाई हुईलचियर प्रधान गरेको वडाअध्यक्ष रावतले बताए ।  उनले वडा कार्यलय परिवारलाइ लगायत आफ्नो समस्यालाइ मलमपट्टी लगाइदिएकोमा वडा अध्यक्ष लाई धन्यबाद दिएका छन । उपचार गर्नकालागि केहि बडिमालिका खवर अनलाइनले सहयोग पुर्याउने सहयोगको अपेक्षा उनले राखेका छन ।

चर्चामा

सम्बन्धित समाचार