शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • आमाको मृत्यु भएपछि ४ जना भाइबिहिनि बिच्चलीमा

आमाको मृत्यु भएपछि ४ जना भाइबिहिनि बिच्चलीमा

  • मङ्लबार, पुस १५, २०७६
आमाको मृत्यु भएपछि ४ जना भाइबिहिनि बिच्चलीमा

प्रकाश सिंह
आमाको सुत्केरी भएको एक घण्टामै मृत्यु भएपछि ४ जना भाइबिहिनि बिच्चलीमा परेका छन् । मंसिर ९ गते जगन्नाथ गाउपालिका ६ गोत्रीकी ३५ वर्षियका पुल्ती रावलले छोरा जन्माएको १ घण्टामै मृत्यु भएको थियो । छोरा भने जिवित नै रहेका छन् ।
पुल्ति रावलको मृत्यु भएपछि उनकि ९ बर्षकि छोरी सुनिता रावल, ७ बर्ष छोरी निशा रावल ४ को छोरा पारस रावल र एक महिना नावालक छोरा सहित ४ जना अलपत्र रहेको स्थानिय जश बहादुर रावलले वताएका छन् । आमाको पुल्तिको मृत्यु भइसकेको छ भने उनका श्रीमान अम्मर रावल मानसिक रुपमा ठिक नभएको घरमा पनि बस्ने नगरेको उनले वताए । जेठी बहिनी सुनिता शारिरि रुपमा अपागं रहेकी छन्, उनि राम्रो सँग बोल्न नसक्ने गरेको गाँउलले वताएका छन् ।
चार जना भाइबहिनि ठुलो बुवा नरजङ्ग रावलको परीवार सँग रहेका छन् । नवजात शिशुलाई कहिलेकाँहि कोहि महिलाको दुध चुसाउने र कहिले गाई भैसीको दुध खुवाउने गरेको जश रावलले वताए । आमाको मृत्यु पछि चार जना निकै बिच्चलीमा रहेको लुगा पनि नभएको खान पनि अरुको घरमा खाने गरेका छन् ।
पुल्ती रावलको जगन्नाथ गाउपालिका ५ गोत्री सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमा सुत्केरीकोे मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रावलको साल अट्कीएपछि अत्याधिक रक्तश्रापका कारण बेहोस अबस्थामा सामुदायिक स्वास्थ्य ईकाई केन्द्र गोत्री पु¥याएको थियो । ईकाईमा पु¥याउदा बेहोस थिईन्, साल अट्कीएको र अत्यधिक रगत बगिरहेको थियो । साल निकालियो, पछि रगत पनि रोकीयो घाम ताप्दै थिईन्, एक्कासी मृत्यू भएको स्वास्थ्य ईकाईमा कार्यरत अहेब अमर बुढाले बताए ।

चर्चामा

सम्बन्धित समाचार