बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • धामीबाटै छाउपडिपथ्रा हटाउने प्रतिबद्धता

धामीबाटै छाउपडिपथ्रा हटाउने प्रतिबद्धता

  • आइतवार, पुस १३, २०७६
धामीबाटै छाउपडिपथ्रा हटाउने प्रतिबद्धता

लक्ष्मीराज पाध्याय
बाजुरा १३ पौष —बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ रजातोलीका धामीले छाउपडि नमान्ने प्रतिबद्धता गरेका छन् । बडिमालिका नगरपालिका वडा न ७ को आयोजनामा गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य जण मानीने देउताका धामी र गाउँका ठालुहरुले सामुहिक प्रतिबद्धता गरेका हुन ।
छाउपडि प्रथा न्युनिकरणमा वडाको पहलमा स्थानियले छिट्टै छाउगोठ भत्काउने प्रतिवद्धता सहित गाउँका सबै एकै साथ सो अभियानमा जुटेका छन् । जिल्लामै सबै भन्दा बढि छाउगोठ भएको भन्ने समाचार आइरहेका बेला वडा कार्यालयको आयोजना तथा स्थानीयको सक्रियतामा सो अभियान चलाईएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

                                                                                   फाइल फाेटाे

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ लगायतका जिल्लामा रहेका महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम रहेको अबस्थामा बडिमालिका नगरापलिका वडा न ७ ले सो अभियान संचालन गरको वडाअध्यक्ष पाध्यायले बताए । यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्दै आएका महिलाहरुलाई अवदेखी घरमै बस्ने वातावरण मिलाउने र भएका सबै छाउगोठ भत्काउन लगाउने सोही गाउँका धामी बिजयराम पाध्यायले बताए । यस अघि गाउँमा प्रम्परागत सोच र पुरानो थितीअनुसार चले पनी हालै आएको कानुनले नमान्ने भएपछी हामी सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनी नलाग्ने र महिला पनी असुरक्षित नहुने भएकाले गाउँका सबै स्थानीयलाई छाउपडि पर्था नमान्न सल्लाह दिएका छन् । म आफै देउताको धामी छु तर तपाइहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयम म आफै धामीले लिने र कुनै घण्ट चढाउनु परे पनी म र वडा कार्यालयले जिम्मा लिन्छ तपाइहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस धामी पाध्यायले बताए ।
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई ’छाउपडी गोठ’ भनिन्छ ।

छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक(पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्। विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन्। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको ७ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने बाध्यता रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार