शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • छाँउगोठमा बस्नु हुदैन भन्दा उल्टै समाजबाट तृस्कार हुदै महिला (भिडियो सहीत)

छाँउगोठमा बस्नु हुदैन भन्दा उल्टै समाजबाट तृस्कार हुदै महिला (भिडियो सहीत)

  • बुधबार, जेष्ठ १५, २०७६
छाँउगोठमा बस्नु हुदैन भन्दा उल्टै समाजबाट तृस्कार हुदै महिला (भिडियो सहीत)

प्रकाश सिंह
अछाम, १५ जेठ : अछामको रामारोशन गाँउपालिका मलातिकोट १ की मनसरा साउदले छाउपडी गोठमा बस्नु हुदैन भनेर गाँउमा अभियान चलाउदा उल्टै तृस्कार बन्नु परेको छ । महिनावारी हुँदा मनसरा छाँउगोठमा बस्दैन्न र अरुलाई पनि बस्नु हुदैन भन्ने गर्थिन्, तर अहिले उनि भने समाजबाट नै एक्लो हुनु परेको वताएकी छन् ।
मनसराले भनिन् पहिला आफु पनि गोठमा बस्दै आएकी हु । छाउगोठमा महिलाहरुको ज्यान गएको पटक पटक सुनिदै आएपछि घरमा बस्दै आएको वताईन् । समाजकाले त घरमा बस्दा हाम्रा समेत देउता रिसाएको भन्दै अहिले सामाजिक अन्य काममा समेत तृस्कार गरीरहेको उनले वताईन् । उनले रुदै भनिन्, छाउप्रथा कुप्रथा हो भन्दा उल्टै समाजमा अपमान सहनु परेको छ, बाटो सार्वजनिक स्थलमा समेत अपहेलित हुनु परेको वताईन् ।
केही दिन पहिला चार पाँच जना महिला मिलेर गोठ फाल्न गयौ, तर गालि बेज्जत गरयो, उल्टै आफुहरु माथि आक्रमण हुन लागेको उनले वताईन् ।गाँउको सबै समाजले नै गाँउ बिग्रार्न नहुदी नेता भएकी भन्दै अपमान गरिरहने उनले वताईन् । मनसार जस्तै वडा नम्बर १ की बिस्ना साउद, पबित्रा साउदले अपेहेलित हुनु परेको छ । दुबै जना गोठमा बस्नु हुदैन भनिरहँदा अपहेलित हुनु परेको वताईन् ।
वडा नम्बर १ मलातीकोटकी स्वयसेविका चन्दा खत्री समेत छाउगोठमा बस्ने गरेकी छन् । उनलाई पटक पटक गोठमा बस्नु हुदैन भन्दा उल्टै गोठमा बस्नु हुदैन भन्ने महिलालाई रिसाउने गरेकी छन् । गाँउमा शिक्षित महिलाहरु गोठमा बस्छन्, कोही भनेको पनि मान्दैनन्, गोठमा बस्नु हुदैन भन्दा उल्टै अपमानित हुनु परेको स्थानिय सरस्वती खनालले वताएकी छन् ।
रामारोशन गाँउपालिका १ मलातिकोटमा छाउपडी प्रथा निकै रहेको छ, त्यहाँ परिवर्तन गर्न निकै ग्राहो भएको गाँउपालिकाकी उपाअध्यक्ष सरस्वती रावलले वताईन् । उनले पनि सामाजिक कुप्रथा चलाउने अगुवा महिलानै समाजमा एक्लो हुनु परेको वताएकी छन् । आफुहरुले पनि पटक पटक जाँदा गोठमा बस्नु हुदैन भन्दा पनि नमान्ने गरेको वताईन् । गाँउपालिका ७ वटा मध्ये ५ र ६ नम्बर वडामा यो प्रथा कम रहेको भएपनि  अन्य वडाहरुमा यो प्रथाले निकै जरो गाडेको गाँउपालिकाले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार