बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • गर्भमै मारिन्छन् छोरी

गर्भमै मारिन्छन् छोरी

  • बिहिबार, मंसिर १९, २०७६
गर्भमै मारिन्छन् छोरी

प्रकाश सिंह
छोराछोरी बरावर हुन भन्ने ब्यापक प्रचार हुँदा पनि सुदुरपश्चिमका जिल्लामा छोरी भ्रुणमै मारिने क्रम बढदै गएको छ । गर्भ परिक्षण गरि छोरा छोरी पहिचान गरि छोरी भएमा गर्भपतन गराउने दर बाजुरा, अछाम, बझाङ्ग, कैलाली कञ्चनपुर लगायतका सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा बढदै गएको छ । छोरा पाउने आशमा भ्रुणमानै छोरीको हत्या हुने गरेको हो ।
नेपाल र भारतमा गर्भमै भ्रुण पहिचान गर्ने नपाईने कानुनी प्रावधान भएपनि गोप्य रुपमा भ्रुण पहिचान गरि गर्भपतन गर्ने गरेको पाईएको छ । सुदुरपश्चिमका धनगढी, महेन्द्रनगर, अत्तरीया, नेपालगञ्ज र भारतका पलिया, रुपडिया, खटिमा लगायतका बजारका निजि अस्पतालमा भ्रुण पहिचान गरि छोरी भएमा गर्भपतन गरेका छन् । पैशाको लोभ लाचमा निजि अस्पतालले यस्तो गरदै आएको पाईएको छ । ती वजारमा रहेका अस्पतालमा दैनिक जसौ महिलाहरु भु्रण पहिचान गर्ने गरेका छन् ।
कञ्चनपुर बेलडाडि बस्ने २४ बर्षिय मिना नेपालिले (नाम परिर्वतन) भनिन् पहिलो छोरी भएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया गएर भ्रुण पहिचान गरेर छोरी भनेपछि गर्भपतन गराएको बताईन् । चेक गर्न श्रीमान सँग भारत पुगेकि मिनाले दुबैको सहमतिमा गर्भपतन गराएको बताईन् । तिन महिनामा गर्भमा बच्चा पहिचान नहुने भएपछि ४ महिनामा उनले चेक गराएकि थिईन् । आफु भन्दा पनि घर परिवारको दवावमा आफुले भारतको पलिया पुगेको बताईन् । मिना जस्तै बाजुराको बाह्रबिसकि जमुना थापा (नाम परिर्वतन) ले पनि भारतको पलिया गएर भु्रण पहिचान गरेर छोरी भएपछि ५ महिनाको बच्चा गर्भपतन गराईन् । उनको घरमा तिन वटा छोरि रहेकि छन् । पहिचान गरेको ४ हजार भारती रुपैया लिएको र गर्भपतन गराउनको लागि ५ हजार भारती लिएको उनले वताईन् । यी त केहि उदाहरण मात्र हुन गर्भमै भु्रण पहिचान गरि छोरिको हत्या गर्ने दर सुदुर पश्चिममा बढदै गएको छ ।
बझाङ्ग बाट छोरा, छोरी पहिचान गर्न भारतको पलिया पुगेकि सिता देबि जोशि छोरा भनेपछि गर्भपतन नगरेर फर्केकि छन् । उनि २० हजार खर्च गरेर चेक गर्न पलिया पुगेकि थिईन् । उनका २ वटा छोरी छन् । भारतका सहरमा अल्ट्रा साउड बाट बच्चा पहिचान गरेको ४ हजार रुपैया भारति लिने गरेका छन् तर बच्चा पहिचान नगरि बच्चाको अल्ट्रा साउड गरेमा ५ सय भारति लिने गरेको पाईएको छ । यो भन्दा पहिला पनि आफु चेक गर्न आएको त्यो वेला छोरि भनेपछि आफुले गर्भपतन गराएको वताईन् । यो पटक छोरा भनेपछि चेक गरेर मात्र फिर्ता आएको वताईन् । वाजुराको कोल्टि बस्ने नन्दा रोकाया ( नाम परिवर्तन) छोरा पाँउने आशमा ४ पटक गर्भपत गराई सकेकि छन् । पटक पटक गर्भ जाचँमा छोरि भनेपछि गर्भपतन गरदै आएको उनले वताईन् ।
नाम नभन्ने सर्तमा कैलालिका एक स्थानियले भने ‘भारतको पलियामा भु्रण पहिचान गर्दा भारति पुलिस या कसैले सोधेमा अन्य चेक गर्न आएको भन्नु भनेर अस्पतालका कर्मचारी पहिलानै सम्झाउने गरेको बताए’ । पलियाका अस्पतालमा नेपालि महिला जाने बितिकै छोरा र छोरी चेक गर्न आएको भनेर पहिलानै अस्पतालका कर्मचारी सोध्ने गरेका छन्, नेपाल पुग्दा पलिया बसपार्कमा पुग्ने बितिकै रेक्सा चालकहरु पनि बच्चा पत्ता लगाउन आएको हामि अस्पताल पुयाई दिन्छौ, भन्ने गरेको पाईएको छ । पलियामा सक्सेना र कपुर नाम निजि अस्पतालमा यस्तो कार्य हुने गर्दछ । वसपार्क देखी अस्पताल सम्म पुग्दा दलालहरु समेत लाग्ने गरेको उनले वताए । दैनिक यि अस्पतालमा दश जना भन्दा बढि महिला भु्रण पहिचान गर्न जाने गर्छन् । अस्पतालको भित्तामा भुर्ण पहिचान गर्नु अपराध लेखेको बोर्ड टासेका छन् तर भित्र भने भुण पहिचान गर्ने गरेका छन् । यी अस्पतालमा भारती महिला भन्दा बढि नेपालि महिला पहिचान गर्ने गरेका छन् ।
कोहिले भारतमा पहिचान गरि नेपालमा निजि अस्पताल, मेडिकलमा आएर महँगो रुपैया खर्च गरेर गर्भपतन गराउने गरेका छन् । १२ हप्ता सम्मको बच्चा गर्भपतन गराएमा १ हजार रुपैया लाग्ने भएपनि यसरि गर्भपतन गर्दा मनोमानि मुल्य लिने गरेको पाईएको छ । “सुदुरमा गर्भमै भु्रण पहिचान गरि छोरी भए भु्रण हत्या गर्ने निकै रहेको पुर्व सेति अञ्चल अस्पतालका प्रमुख डा. गणेश बहादुर सिंहले बताएका छन्” । धनगढी, अत्तरिया, महेन्द्रनगर र भारत सँग जोडिएका भारतिय बजार पलिया खटिमा रुपडिया यस्तो गराउनेको संख्या निकै हुने गरेको सिंहले बताए । त्यसरि गर्भपतन गराएर जटिल भएका महिलाहरु उपचारका लागि आउने गर्छन् । खोतल्दै जादा मात्र उनिहरुले भन्ने गरेका छन् सिंहले थपे । सेति अञ्चल अस्पतालमा मात्र महिनामा गर्भपतन गराएर अप्ठयारो भएका महिलाहरु धेरै आउने गरेको उनले वताए । भारति सिमाना जोडिएका वजारमा यस्तो बढि मात्रामा भारतमा हुने गरेको छ । नेपाल भन्दा भारतमा यसरि भु्रण पहिचान गरेमा कडा कानुन रहेको छ ।
पहिचान गरि छोरा पाँउने आशमा गर्भपतन गर्दा गर्दै धेरै महिलाहरुको ज्यान जोखिम बन्दै गएको छ । बाह्रविस कि नन्दा नेपालिले भु्रण पहिचान गर्दा छोरि भनेपछि दुई पटक गर्भपतन गराईन् । पहिलो पटक गर्भपतन गर्दा खासै असर नभएपनि दोस्रो पटकमा भने उनको झनै ज्यान गुमाउन वाट बच्न सफल भईन् । गर्भपतन पछि उनलाई अत्याधिक रक्तस्राव भएको थियो । नेपालमा उपचार सम्भब नभएपछि उनलाई भारत लगेर उपचार गरियो । छोरा पाउने आशमा झनै ज्यान गएको थिए, ईश्वरले आफुलाई वचाएको उनले वताईन् । एकातिर पैशा सकियो, अर्को तिर श्रीमतिको ज्याननै जोखिम बनेको उनका श्रीमानले वताए । यसरि भु्रण पहिचान गर्ने महिलाको ज्यान निकै जोखिम बन्ने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक अहेब दिपक शाहले वताए । उनले भने शुदुर पश्चिमका भु्रण पहिचान गरेर गर्भपतनका कारण धेरै महिलाको स्वास्थ्य विग्रदै गएको वताए ।
छोरा र छोरी बिभेदका कारणले यो प्रवृत्ति बढदै गएको महिला अधिकार मञ्च वाजुराकि अध्यक्ष रुखमणि शाहले वताईन् । चेतनाको अभाबमा र छोरा पाउनु पर्ने मान्यताका कारणले भु्रण पहिचान गरेर छोरी भए हत्या गर्ने गरेका छन् । यसले गर्दा भुणमै छोरा र छोरीमा भेदभाव भएको वताईन् । बिभेदका क्षेत्रमा थुप्रै संघ संस्था काम गरदै आएको भएपनि परिवर्तन भने हुन सकेको छैन । छोरा नभएमा श्रिमानले अर्को विवाह गर्ने, घर परिवार र समाज वाट समेत अपेहेलित हुने भएकाले आफुहरुले बाध्य भएर भु्रण पहिचान गरि गर्भपतन गराउनु पर्ने बाध्यता रहेको शान्ता रोकायाले वताईन् । आफुहरुलाई छोरा नभएपछि फरक दुष्टि र पुरुषले पनि छोरा पाउनु पर्ने मान्यताले पनि बाध्य हुनु परेको छ । छोरा नभएकै कारण धेरै महिलाले सौताको मार खेप्नु परेको छ भने घर वाट निकाला समेत हुनु गरेका छन् ।
‘गर्भमै रहेको भु्रणको लिङ्ग छोरा र छोरी पहिचान गराउनु नै अपराध हो कानुन ब्यबसाहि गगन रावलले बताए’ । यस्तो अबस्थामा गर्भपतन गराउन चाहने र गराउने चिकित्सक दुबैलाई कार्यवाहि हुने गर्दछ रावलले थपे । मुलुकि ऐन अनुसार भु्रणको लिङ्ग पहिचान गराउनेलाई तिन महिना देखि छ महिना कैद पहिचान गरि गर्भपतन गर्नेलाई छ महिना देखि तिन बर्ष कैद हुने ब्यबस्था छ । कानुनको वेवास्ता, छोरा र छोरिको भेदभाबका कारण यस्तो विकृत्ति बढ्दै गएको छ । छोरी मात्र जन्मेमा बहुवीवाह गर्ने प्रचलन पनि बढदै गएको छ । प्रशासन कमजोर भएकै कारण यो प्रवृत्ति बढेको उनको अरोप रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार