शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • छाउँपडि गोठमा बस्ने महिलालाई सिधै जेल पठाईने’

छाउँपडि गोठमा बस्ने महिलालाई सिधै जेल पठाईने’

  • मङ्लबार, पुस १, २०७६
छाउँपडि गोठमा बस्ने महिलालाई सिधै जेल पठाईने’

‘पुष, १– साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले छाउपडि गोठमा बस्ने महिलालाई सिधै जेलमा पठाईने बताउनुभएको छ । नगर प्रमुखको नेतृत्वमा राती गएर छाउगोठको अनुगमन गरीने छाउगोठमा बसेको पाएमा सिधै जेलमा पठाइने बताउनुभएको छ । जनप्रतिनिधिसँग जनप्रिय कार्यक्रमा कुराकानी गर्दै नगर प्रमुख कुँवरले दुई वर्षसम्म नगरले गरेको प्रचारात्मक अभियान सफल नभएको भन्दै अव पुष महिनाभित्रै  सर्वपक्षिय छलफल गरेर नगर कडा रुपमा प्रस्तुत हुने बताउनुभएको छ ।
उहाँले सामाजिक सुरक्षा भत्तादेखि शिक्षकको पनि तलव रोकिने कडा चेतावनि दिनुभएको छ । शिक्षक, कर्मचारी, जनप्रतिनिधिको वडाका छाउगोठमा बसेको पाएमा सम्पूर्ण सेवा सुविधा रोकिने बताउनुभएको छ ।
नगर प्रमुख कुँवरले राज्यले छाउगोठमा बस्ने र बसाउन लगाउने विरुद्ध ३ महिना जेल र ३ महिना जरिवानाको व्यवस्था भईसकेका कारण अव नगरपालिकाले पूर्ण रुपमा कार्यान्वन गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । नगरले गरेको प्रचारात्मक अभियान सफल नभएपछि अव नगरले छाउपडि कुप्रथा विरुद्ध चाल्ने कदमबाट पछि नहट्ने नगर प्रमुख कुँवरको भनाई रहेको छ । छाउपडि कुप्रथा कारण अछामवासिले शिर निहुँराउने पर्ने अवस्था सृजना भएकाले अव यसको अन्त्यको लागि सवैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार