शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • छाउँ गोठ भत्काउदै महिलाहरु

छाउँ गोठ भत्काउदै महिलाहरु

  • मङ्लबार, फाल्गुन २१, २०७५
छाउँ गोठ भत्काउदै महिलाहरु

अनिल शाहि
फागुन २१ कोल्टि
स्वामिकार्तिक खापर गाउपालिका महिलाहरु छाउगोठ भत्काउने अभियानमा लागेका छन् । एक महिना पहिला बुढिन्नदा नगरपालिकाको पाण्डुसेनमा छाँउगोठमा ३ जनाको मृत्यु पछि स्वामीकार्तिक खापर गाँउपालिकामा पनि छाउगोठ भत्काउने अभियानमा महिलाहरु लागेका छन् ।
स्वामिकार्तिक खापर गाँउपालिका ५ मा पनि सोमबार छाउगोठ भत्काईएका छन । ५ का अध्यक्ष बिष्णु बहादुर शाहिको रोहबरमा उक्त छाउपढी गोठहरु भत्काईएको हो । महिला मञ्चकी अध्यक्ष झुमरा बुढा र वडा कार्य समितिकी सदश्य युना भुलको नेतृत्वमा जेरा, मिगुमा पाँच वटा छाउगोठ भत्काईएका सृजना रोकाया महताराले वताईन् ।
महिलाहरुले छाउगोठमा बस्दा अकालमा ज्यान गुमाउनु परेको घटना बेला बेला दोहोरीदा अवका दिनमा यस्ता घटनालाई दोहोरीन नदिनका लागि महिलाहरु अहिले छाउपढी गोठ मुक्त र जुवातास प्रतिबन्ध अभियानमा लागेको महिला अधिकार मञ्चकी अध्यक्ष झुमरा बुढाले वताईन् । महिला मञ्चले छाउपढी गोठ भत्काउनुका साथै गाउँमा हुने बिकृति, बिसंगति रोक्ने ,जुवातास नियन्त्रण गर्ने, फोहरमैला ब्यवस्थापन गर्ने, धुर्मपान, मध्यपान,र जाडरक्सि बन्देज गर्ने जस्ता महत्वपुर्ण काम गर्ने बताईएको छ ।
जाडरक्सि सेवन र जुवातासले गाउँ समाजमा र घरमा समेत कलह हुने हुदा पछिल्लो समय स्थानिय महिलाहरुले आफ्नो गाउँ समाज सुधार अभियानमा सक्रिय देखाएका छन । साथै सोहि अभियानले वडामा जाँडरक्सि सेवा गर्नेलाई ५ हजार, र बिक्रिबितरण गर्नेलाई दश हजार जरीवाना गर्ने निर्णय समेत गरेको छ । त्यस्तै महिलाहरुको संक्रियतामा वाईमा पनि ६ वटा छाउगोठ भत्काइएको छ । महिला अधिकार मन्च, टोल सुधार समिति, सुरक्षाकर्मी स्वामीकार्तिक खापर गाउपालिका चार वाइले छाउपडि प्रथा न्युनिकरण गर्न भन्दै पहिलो चरणमा गोठ भत्काइएका जन्देवि बुढाले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार