शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • आलु महोत्सवको सहकारी मन्त्री बिनिता चौधरीले उद्धघाटन गर्ने

आलु महोत्सवको सहकारी मन्त्री बिनिता चौधरीले उद्धघाटन गर्ने

आलु महोत्सवको तयारी तिब्र गतिमा

  • बिहिबार, कार्तिक ७, २०७६
आलु महोत्सवको सहकारी मन्त्री बिनिता चौधरीले उद्धघाटन गर्ने

बाजुरा ७ कार्तिक  — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको वडा नम्मर ७ ढम्कनेमा हुन लागेको आलु महोत्सव महोत्सवको तयारी तिब्र गतिमा भईरहेको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो ।
सुदुरपश्चिम प्रदेशमै पहिलो पटक हुन गइरहेको महोत्सवको उद्धघाटन भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले गर्ने कृषि ज्ञान केन्द्र बाजुराका कृर्षि प्रसार अधिकृत तथा सुचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाको समन्वय तथा ढम्कने कृषि सहकारी संस्था लिको आयोजनामा हुने महोत्सवमा २ सय भन्दा बढि आलुका परिकार बनाउने आलु बिज्ञ कृष्ण कार्की र नेपाल कृषि अनुसन्धाने परिषद् ( नार्क)का आलु बिज्ञ डाक्टर कालिकाप्रसाद उपाध्याय लगायत कृषि निर्देशनालय दिपायलका यज्ञप्रसाद जोशी लगायत बिषिष्ठ पाहुनाहरु लगायत बिभिन्न बिधाका कलाकारहरुको समेत उपस्थिती रहने कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीले बताएका छन् ।
महोत्सवमा आलु चिप्स ,मम पिङगर चिप्स हलुवा लगायत ३० परिकारका स्टलहरु रहने आयोजकले बताएको छ ।
वार्षिक एक करोडभन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको बडिमालिका नगरपालिका वडा नम्मर ७ ढम्कनेमा सो महोत्सवको आयोजना गरिने बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । बाजुराकै सबै भन्दा बढि र मिठो आलु फल्ने ठाउँले चिनिएको ढम्कनेमा आलुको ब्यापार कृषकहरुलाई आलु खेतीमा आकर्षित गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागेको वडाअध्यक्ष पाध्यायले बताएका छन् ।
ढम्कनेमा बर्षे मौसमी आलु उत्पादन हुने गरेको र आलु खेर जाने गरि फल्ने गरेको बडिमालिका नगरपालिका वडा नम्मर ७ का किशान नर बहादुर रोकायाले बताए । २ दिनसम्म सञ्चालन हुने आलु महोत्सवले जिल्लालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने, आलु उत्पादन हुने स्थानमा परम्परागत तथा आधुनिक भण्डारण निर्माणमा सहयोग पुग्ने आशाका साथ स्थानिय कृर्षी सहकारीको आयोजनामा महोत्सवको तयारी भैरहेको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गाेबिन्द सिजापतीले बताएका छन्र  । कार्तिक २० र २१ गते देखी महोत्सव संचालन गरिने प्रमुख सिजापतीले बताएका छन्  ।
बडिमालिका नगरपालिका वडा नम्मर ७ का कृषकहरुमा कृषिमा निर्भर रहेको र वर्षा याममा आलु अत्यधिक उत्पादन हुने भए पनि भण्डारण तथा बजार व्यवस्थापनको समस्याले कृषक समस्या हुने गरेको संयोजक बलबहादुर रोकायाले बताएका छन् । महोत्सवले आलुको भण्डारण, बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नसक्ने बडिमालिका नगरपालिकाको अपेक्षा रहेको नगर प्रमुख पदम बडुवालले बताए ।

चर्चामा

सम्बन्धित समाचार