बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुराका वडा अध्यक्ष जुवाखाल बाट धनगढीमा प्रक्राउ

बाजुराका वडा अध्यक्ष जुवाखाल बाट धनगढीमा प्रक्राउ

  • बुधबार, अशोज २९, २०७६
बाजुराका वडा अध्यक्ष जुवाखाल बाट धनगढीमा प्रक्राउ

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावत धनगढीमा जुवाखाल बाट प्रहरीले प्रक्राउ गरेको छ । उनि तास खेलिरहेको अबस्थामा प्रहरीले प्रक्राउ गरेको खबर दिनेश खबरले जनाएको छ ।
वडा अध्यक्ष सँगै नेपाल आयल निगम धनगढीका उपप्रवन्धक नरवहादुर ऐर र अन्य एक जना खाद्यको कर्मचारी रहेको प्रहरी श्रोतले जनाएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४३ बर्षिय हरिसिंह बोहरा, सोही ठाउँका ३७ बर्षीय गणेश बहादुर साउद, ४२ बर्षीय तारा चन्द, वडा नम्वर ५ का ३३ बर्षीय प्रकास भाट र कन्चनपुर कृष्णपुर नगरपालिका ८ बस्ने ४८ बर्षीय गिरीराज पाण्डेय पनि पक्राउ परेका थिए। उनीहरु विरुद्ध जुवा ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।
उनिहरुलाइ ८८ हजार नगद सहित पक्राउ परेका ७ जना जुवाडे मध्ये केही सरकारी कर्मचारी र वडा अध्यक्ष रहेको खुलेको छ । उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित तारा चन्दको घरबाट पक्राउ परेका ७ जना मध्ये दुई जना सरकारी कर्मचारी र एक जना वडा अध्यक्ष रहेको खुलेको हो ।

चर्चामा

सम्बन्धित समाचार