शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • प्रदेश मन्त्री शाहलाइ ज्ञापन पत्र बुझाए

प्रदेश मन्त्री शाहलाइ ज्ञापन पत्र बुझाए

  • सोमवार, अशोज २७, २०७६
प्रदेश मन्त्री शाहलाइ ज्ञापन पत्र बुझाए

बाजुरा २७असोज
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई आइतबार खप्तड छेडेदह गाउँपालिका र जय मालिका यातायात प्रा.लि.ले फरक फरक ज्ञापन पत्र बुझाएको छ ।
जिल्लामा प्रचुर सम्भावना बोकेका धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भावनालाई मध्येनजर गर्दै यिनीहरुको प्रवद्र्धन र संरक्षण गर्न आवश्यक सहयोगका लागि प्रदेश मन्त्री शाहलाई पत्र बुझाएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले बताउनु भएको छ ।
उहाँले ज्ञापन पत्रमा दश बुँदे माग सहित मन्त्री शाहलाई बुझाइएको बताउनु भयो । पत्रमा छेडेदहमा प्यारागलाईडीगको सम्भावना अध्ययन गर्नुपर्ने,छेडेदह ताल वरीपरीको क्षेत्रमा रहेको जग्गालाई संरक्षित गरी तालको संरक्षण, सम्बद्र्धन र पर्यटकिय प्रबद्र्धनका लागि आवश्यक सहयोग,.छेडेदह ताललाई संरक्षण सम्र्वद्धन गरी पर्यटकीय स्पोटका रुपमा विकसित गरी आन्तरीक तथा वाह्य पर्यटकलाई आगमनका लागी सहज वनाउन तालवरीपरी घेरवार तथा वृक्षारोपण , विश्राम स्थान डुगाको व्यवस्था, होमस्टे ,संग्राहलयको व्यवस्था हुनुपर्ने माग उल्लेख गरिएको छ । यस्तै पत्रमा.खप्तडदेखी रारासम्म पर्यटकीय मार्ग रुपमा डोगडीको चौखुटे हुदै, कैलाशमाडु, नुवाकुण्ड, वडालेख हुदै डाँडासैन जोड्ने पर्यटकिय मार्ग निमार्ण गर्नुपर्ने,पर्यटकीय धार्मिक मार्गको रुपमा खप्तडदेखी काडाँको बोरागाउँ भगवती, डोगडीको गल्लेखमाण्डाँै, गुदुको ब्रममाडु, बृजया, चुल्ठे, खातीगाउँको जिउलेखमाण्डाँै , आटिचौरको हातेलेख हुदै राउतेनिजो मन्दिरसम्म पर्यटकीय धार्मीक मार्ग निर्माण गर्ने साथै धार्मीक तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेका यस गाउँपालिकाका विभिन्न क्षेत्रहरुलाई सुचिकृत क्षेत्रको रुपमा विकास गर्नुपर्ने,छेडेदह तालमा रहेको खापर मन्दिर निर्माण फोहोर व्यवस्थापनका लागी खाल्डो निर्माण ,ताल वरिपरि पदमार्ग निर्माण, वृक्षारोपण र तटवन्धनको व्यवस्था गर्ने,गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय स्थानहरुमा पद यात्राका लागी ७ दिन सम्मको पदमार्गको निर्माण गरी यहाँ अवस्थित लसके, डोगडी, खातीगाउँ, बुडाबाडा, सुदाडा लगायतका बस्तीहरुमा पर्यटकहरुलाई खाने बस्ने तथा यहाँको संस्कृतीको संरक्षण गरी होमस्टेको विकासका लागि पहल गर्नु पर्ने , पर्यटकको आगमनलाई वृद्धिगर्नका लागी खप्तडदेखी रारा सम्मको पदयात्रामा सुविधाजनक वासस्थानको भौतिक व्यवस्थापनका लागि पहल गरिनुपर्ने,खप्तड देखी नाटेश्वरी वडीमालिका हुदै रारासम्मको पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने र .पर्यटन वर्ष २०२० लाई मध्येनजर गरी खप्तड छेडेदह गाउँपालिकामा पर्यटकहरुलाई आकर्षण गर्न पर्यटन सम्बन्धी विभिन्न योजना तथा कार्यक्रमहरु संचालन गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको गाउँपालिकाका प्रवक्ता कुम्भनाथ योगीले जानकारी दिनु भएको छ ।
यस्तै जय मालिका यातायात प्रा.लि. बाजुराले पनि मन्त्री शाहलाई ज्ञापन पत्र बुझाएको छ । पत्रमा सहज पहुँच रहेको छेडेदह तालको संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहकार्य अति आवश्यक रहेको छ ।
पर्यटकीय सम्भावनाको रुपमा विकास गर्नका लागि यस छेडेदह तालको किनारमा बगी रहेको पहिरो निकै चुनौतीको विषय बनेको छ । यसको रोकथाम पहिलो प्राथमिकता हुनुपर्ने र प्रदेश सरकारबाट यसको रोकथामका लागि योजना बनाईनु पर्ने हामीले ठुलो अपेक्षा गरेको पत्रमा भनिएको छ ।
साथै यस छेडेदह तालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दा यस तालसँगै जोडिएको दकुन्देली डाँडामा भ्यू टावर निर्माण गरि यसलाई थप पर्यटकीय आकर्षणको केन्द्र बनाउ सकेको अवस्थामा यो क्षेत्रको पर्यटकीय विकास सम्भव हुने र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि छिमेकी पालिकाहरु बडिमालिका नगरपालिकाको पाटा, पिनालेक हुदै जिल्ला सदरमुकाम मार्तडी, बुढीगंगा र बझाङ् जिल्लाको खप्तड छान्ना गाउँपालिासम्मको सडकलाई पक्की सडकको रुपमा विकास गर्नु ठुलो आवश्यकता रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यो सँगै खप्तड रारा पदमार्गलाई तिब्रता दिन सकेमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने ठुलो अवसर रहेको पत्रमा भनिएको छ ।
पत्रमा नेपाल सरकारले पर्यटन विकासका रुपमा २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिरहेको यस घडीमा जय मालिका यातायात प्रा.लि.ले यस क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ पहिलो पटक पर्यटन महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार