शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • प्रहरीको इमरजेन्सी नम्बर (१००) मा फोन गरी गाली गलौच गर्ने एकजना पक्राउ

प्रहरीको इमरजेन्सी नम्बर (१००) मा फोन गरी गाली गलौच गर्ने एकजना पक्राउ

  • शनिबार, अशोज २५, २०७६
प्रहरीको इमरजेन्सी नम्बर (१००) मा फोन गरी गाली गलौच गर्ने एकजना पक्राउ

बाजुरा २५ असोज:  जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरीको इमरजेन्सी नम्बर (१००) मा फोन गरी गाली गलौच गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्मर ७ आटीचौर घर भएका २० वर्षिया नबिन रावत रहेका छन् ।
असोज २० गते साझँ ७ बजे देखी ९ बजे सम्म लगातार फोनमा प्रहरीलाई दुई घण्टा सम्म फोन गरी अनावश्यक रुपमा गाली गलौच गरेको भन्दै प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । गर्ने एकजना पक्राउ परेका उनले प्रहरीलाई अनावश्यक रुपमा गाली गलौच गरेको र प्रहरीले सम्झाउदा समेत नमानेर उल्टै आइलागेका रावतलाई शनिबार बिहान मात्र गिरप्तार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी पत्रकार उमेश अवस्तीले बताएका छन् । सम्झाउदा झन बढि गाली गरेको र अटेर गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रावतलाई २५ गते बिहान रावत आफ्नै घरमा बसिरहेका बेला पक्राउ गरेको हो प्रहरी नायव उपरिक्षक उद्धव सिहं भाटले बताए । पक्राउ परेका रावतलाई हाल जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साथै निजलाइ गालीगलौच सम्बन्धी ऐन अनुरा कानुनी कार्बाही पनि गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार