बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • जंगली जनावारले बालीनाली नष्ट

जंगली जनावारले बालीनाली नष्ट

  • शुक्रबार, अशोज १७, २०७६
जंगली जनावारले बालीनाली नष्ट

जंगली जनावरले बाली नष्ट गर्न थालेपछि बाजुराका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन किसानहरुलाई धौधौ परेको छ । जंगली बदेँल, बाँदर, भालु र दुम्सीले बाजुराका विभिन्न ठाउँमा समस्या उत्पन्न गरेको किशानहरुले बताउनुभएको छ । दिउँसोमा बँदेल, बाँदर र राति भालु र दुम्सी बँदेलका कारण किसानहरूलाई पाक्न लागेको धान कोदो मकै आलु लगायतका बाली जोगाउन समस्या परेको जैशीले बताए ।
मुख्य खाद्य बालीका रूपमा रहेको धान कोदो मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। जिल्लाको हिमाली गाउापालिका बडिमालिका नगरपालिकाको रजातोली र ढम्कने, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन त्रिबेणी नगरपालिकाको कैलाशमाण्डौमा बर्खेबाली धान कोदो मकै बकदेल बादर र भालुले सखाप पारेको रिर्पोट जिल्ला प्रहरी कार्यालयमा समेत आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिहं भाटले बताए ।
जिल्लाकै सबै भन्दा बढि आलु उत्पादन हुने क्षेत्रको रुपमा रहेको बडिमालिका नगरपालिका वडा न ७ ढम्केनाका किसानलाइ आलु कसरी जोगाउने भन्ने चिन्ता रहेको रातभर साना साना छाप्रो बनाएर जागाराम बस्नुपर्ने बाध्यता आएको ढम्कनेका किशान गोरख रोकायाले बताए । त्यहाका किसानहरु आलु र मकै जोगाउन रातभरी खेतमा आगो बालेर बस्ने बिहान घरमा आएर सुत्ने गरेको रोकायाले बताए । जंगली जनावरले धान, कोदो, आलु, मकै लगायतै बाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेको उनको भनाई रहेको छ ।
पहिले पहिले घरेलु लाइसन्स लिएका भरुवा बन्दुकले तर्साउन सकिन्थ्यो आजभोली ति सबै हतियार जिल्ला प्रहरी कार्यालयमा लिएकोले तर्साउन पनी सकिदैन बडिमालिका नगरपालिका ७ ढम्कनेका एकजना किशान प्रेम रोकायाले बताए । यसको समस्या कसरी समाधान गर्ने र यसको क्षेतीपुर्ति कसले दिने भन्ने बिषयमा पनी अन्यौल भएको किसानहरुको भनाई रहेको छ । राति पहरा दिएपनि बाली जोगाउन मुस्किल भएको किशानहरुले बताएका छन् ।
टहरा बनाएर राति पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको किशान देबी धामीले बताए । जिल्लाका सबैजसो क्षेत्रमा मकैबाली जंगली जनावर बादर,बँदेल भालु र दुम्सीले नष्ट गर्न थालेको किसानहरूको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार