आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • विचित्र संसार
  • कुकुरलाई तीन भोटले पछि पार्दै बाख्रो बन्यो मेयर !

कुकुरलाई तीन भोटले पछि पार्दै बाख्रो बन्यो मेयर !

  • बिहिबार, अशोज ९, २०७६
कुकुरलाई तीन भोटले पछि पार्दै बाख्रो बन्यो मेयर !

एजेन्सी । अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरको एक बाख्रो मेयरमा विजयी भएको छ । अमेरिकाको दक्षिणी किनारामा रहेको फेयर हेवनमा लिंकन नामको बाख्रा १३ मतले विजयी भएको हो ।

लिकंन आफ्नो निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरलाई तीन भोटले पछि पार्दै मेयर बनेको हो । मेयरका लागि कुकुर बिरालोलगायतका अन्य १५ जनावर पनि उम्मेदवार बनाइएका थिए।

निकटतम प्रतिद्वन्द्वी सैम्मीले १० भोट पाएको थियो । अरु १३ उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे । जम्मा ५३ मतदाताले मतदान गरेका थिए ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो । लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ । टाउन म्यानेजको अनुसार एक वर्षका लागि लिंकन निर्वाचित भएको हो ।

लिंकनले अब फेयर हेभनमा हुने विभिन्न कार्यक्रममा अतिथिको भूमिका निभाउनेछ । कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ । फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास गर्ने बताइएको छ ।

यस भन्दा अघि फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । तर टाउन म्यानेजका रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनले मेयरले जस्तै काम गर्छन् । टाउन म्यानेजले लिंकन एक स्कूल शिक्षकको बाख्रो भएको पनि बताए । उक्त बाख्रो ३ वर्ष उमेरको रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो । सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार