• होमपेज
  • बुढीगंगा
  • सरकारी सवारी साधानको दुरुपयोग

सरकारी सवारी साधानको दुरुपयोग

एकै दिन ३ सरकारी गाडी दुर्घटना, सवारी चालक अनुमती बिना सवारी चलाउदै स्थानीय तहका जनप्रतिनिधी र क्रमचारी

  • शनिबार, भदौ १४, २०७६
सरकारी सवारी साधानको दुरुपयोग
फाइत तस्वीर

बाजुरा, १४ भदौ
जिल्लामा पछिल्लो समय सरकारी सम्पतीको चरम दुरुपयोग हुदै आएको छ । जिल्लामा रहेका स्थानीय तहले केही समय अघि मात्र खरिद गरिएको गाडी र मोटरसाइकलको दुरुपयोग हुदै आएको छ । केहीदन यता हिजो मात्र सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन छुट्टा छुट्टै ठाउँमा दुर्घटनामा परेका छन् । बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
बुढीगंगा नगरपालिकाको फालासैनमा वडा न नौ र वडा न ६को मोटर साइकल एक आपसमा ठक्कर दिदा मोटर साइकलमा स्वार दुबै जना घाइते भएका छन् । त्यसै गरी बुढीनन्दा नगरपालिकाको भारती कप्साडीमा जगन्नाथ गाउँपालिकाको मोटरसाइकले बाटोमा हिडिरहेका २ जनालाइ ठक्कर दिइ घाइते बनाएको प्रहरीले बताएको छ । तीन वटै मोटर साईकल सवारी चालक अनुमति पत्र नै नभएका व्यक्तिले चलाई रहेको अवस्थामा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।
बुढीगंगा नगरपालिका ९ नम्बर वडा कार्यालयको नाममा रहेको र लक्ष्मण थापाले चलाई रहेको से १ ब १२४१ र ६ नम्बर वडा कार्यालयको नाममा रहेको र सुप प्रदेश ०१००१ ब १३४१ नम्बरको वडा न ६ का वडा सदस्य डम्म गिरीले चलाई रहेको मोटरसाईकल एक आपसमा ठोक्कीएर दुर्घटनामा परेका हुन् ।
थापा वडा कार्यालय सम्बन्धीत हुन् भने डम्मर गिरी वडा सदस्य हुन् । दुर्घटनामा दुबै जना घाइते भएका छन् । उनीहरुको अछामको बयालगडा अस्पतालमा उपचार भईरहेको छ । यस्तै जगन्नाथ गाउँपालिकाका कार्यालय सहायक भीमबहादुर शाहीले चलाएको से १ ज ४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४४ वर्षका दिप भण्डारी र ४२ वर्षका गोविन्द्र भण्डारी घाइते भएका छन् ।
दुबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भईरहेको छ । अनुमति पत्र सहीत आवश्यक कागजात नभएरै मोटरसाइकल चलाएका कारण दुर्घटना गराएका तीनै जनालाई आवश्यक कारवाहीको तयारी गरेको जानकारी बडिमालिका खवर लाई प्रहरीले जानकारी दिएको छ ।
स्थानीय तहका सवारी साधनको चरम दुरुपयोग हुने गरेको प्रहरीले बताएको छ । अनुमति नदिएको विदाको दिन पनि चलाउने गरेको, सम्बन्धीत र अनुमति पत्र नै नभएका व्यक्तिले चलाउने गरेको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार