शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अबिरल वर्षा संगै साफे मार्तडी सडक अबरुद्ध

अबिरल वर्षा संगै साफे मार्तडी सडक अबरुद्ध

अबिरल वर्षा संगै साफे मार्तडी सडक अबरुद्ध

  • शनिबार, साउन ११, २०७६
अबिरल वर्षा संगै साफे मार्तडी सडक अबरुद्ध

बाजुरा ११ साउन
लगातार एक हप्ता देखि परेको अबिरल बर्षाले बाजुराको सडक आङसीक रुपमा अबरुद्ध भएको छ । पहिरो र बाढिका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्डको बल्दे देखी बिभिन्न ठाउँमा पहिरो गएर अबरुद्ध भएको हो । बर्षादको समयमा पटक पटक सडक अबरुद्ध हुदा बाजुरा बासीले सास्ती बेहोर्नु परेको स्थानियले बताएका छन ।
असारको दोस्रो सातादेखी परेको अबिरल बर्षाले बाजुराको बल्दे देखि सदरमुकाम मार्तडी सम्मको पिच सडकमा धेरै ठाँउमा पहिरो र खहेरे खोलाले सड्क बगाएपछि सडक आङसीक रूपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिहं भाटले बताएका छन । हिजो राति परेको अबिरल बर्षाका कारण यातायात आङसीक रूपमा अबरुद्ध हुनुका साथै मान्छे समेत हिड्ने बाटो नभएको प्रहरी प्रमुख भाटले बताए । सड्कको बिभिन्न ठाँउमा निकै क्षति बनाईएको छ । आवतजावत गर्नमा समेत निकै समस्या भएको छ ।
साँफे मार्तडी सड्क खण्डको अम्कोटको तल पहिरोले बुढिगंगा नदि थुनिएर सड्कको छेउमा कटान गर्न शुरु भएपछि सड्कनै जोखिममा बनेको छ । सडक खण्डको बिभिन्न ठाउँमा रुपमा छेदबिच्छेद बनेको छ । सड्कको निर्माण गर्दानै पुर्व अध्ययन बिनानै सड्क निर्माणले योखिमता भएको ईन्जिनियर प्रयाग राज जोशी जोशीले वताएका छन् । सड्कको नयाँ बिकल्प खोज्नु पर्ने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार