शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • ३४ हजार रुपैया सहित ५ जना जुवाडे पक्राउ

३४ हजार रुपैया सहित ५ जना जुवाडे पक्राउ

  • शुक्रबार, साउन ३१, २०७६
३४ हजार रुपैया सहित ५ जना जुवाडे पक्राउ

बडिमालिका खवर
बाजुरा ३१ साउन
जिल्ला प्रहरी कार्यालय बाजुराले ५ जना जुवाडे पक्राउ गरेको छ । बिहीबार बेलुका ६ बजेतिर वडिमालिका नगरपालिका वडा नं ८ रापक बजारको एक होटलमा जुवा खेलिरहेको अवस्थामा ३४ हजार १३ रुपैया नगद सहित ५ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।
पक्राउ पर्नेमा वडिमालिका नगरपालिका वडा नं २ का अम्मर कार्की, सोही ठाउँका २३ वर्षका मिन महत, वडा नं ८ का पदम रावल, वडा नं ३ का दिल बहादुर सिंह, कुन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडठा नं १८ का सुरेन्द्र बहादुर शाह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख भाटले बताए ।
प्रहरी प्रमुख भाटका अनुसार जुवाडेलाई मुलुकी फौजदारी एेन  २०७४ को दफा ९ को उपदफा ६ बमोजिम कारबाही गरिने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार