शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • २० रुपैयामा आखाँको अप्रेशन

२० रुपैयामा आखाँको अप्रेशन

  • सोमवार, असार २, २०७६
२० रुपैयामा आखाँको अप्रेशन

प्रकाश सिंह
बाजुरा, २ असार
बडिमालिका नगरपालिका १ बस्ने ६६ बर्षिय माता देबि कार्की आखाँमा समस्या भएर आँखा नदेख्ने समस्या भएको धेरै बर्ष भइसकेको थियो । उनलाई अब आँखा देख्ने आशा समेत मरि सकेको थियो । आर्थिक अबस्था कमजोर भएको उनको परिवारलाई धनगढी काठमाडौ दिल्ली लिएर आँखाको उपचार गर्ने सम्भब थिएन् ।
माताको आँखाको सामान्य उपचारले सम्भब थिएन् । उनको अप्रेशन गर्नु पर्ने थियो । बडिमालिका नगरपालिकाको आयोजना र गेटा आँखा अस्पतालको प्राबिधिक सहयोगमा मार्तडीमा आँखा शिबिर सञ्चालन गरेपछि उनले धेरै बर्ष पछि संसार देख्न पाएकि छन् । उनका छोरा राम बहादुर कार्कीले भने अन्यत्र लिन पैशा दिएन मार्तडीमा आँखा शिबिर भएपछि आमाको उपचार गरेको वताए ।
आर्थिक अबस्थाले आँखाको अप्रेशन गर्न नसकेकि उनको शिबिरमा २० रुपैयामा अप्रेशन भएको छ । उनले खुशी ब्यक्त गर्दै भनिन्, अब मर्ने बेला के आँखा देखौला सोचेकी थिए, तर अहिले उपचार पाएर देख्न पाँउदा नयाँ जुनी पाएको जस्तो लागेको वताईन् । धनगढी गएर उपचार गर्दा २० हजार भन्दा बढि खर्च हुने थियो, तर गाँउमै २० रुपैयामा उपचार पाएकि हुन् ।
माता देबि जस्तै ४५ जनाले २० रुपैयामा आँखाको अप्रेशन गरेका छन् । आफ्नो त आँखा नदेख्ने भएको धेरै भएको थियो । छोरालाई धनगढी उपचार लेउ भन्दा पैशा छैन्, भनेर उपचार गरिदिएन्, अहिले गाँउ नजिकै आँखाको अप्रेशन गर्दा पाँउदा निकै खुशी भएको अर्का तुले रोकायाले वताए । गाँउमै भगवान आए जस्तो लागेको तुलेले वताए । बडिमालिका नगरपालिकाको आर्थिक सहयोग गरेर गेटा आखाँ अस्पताल सँग सहकार्य गरेर शिबिर सञ्चालन गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले वताए । शिबिर आर्थिक अबस्था कमजोर भएकालाई ठुलो सहयोग भएको बढुवालले वताए ।
दुई दिन सम्म चलेको शिबिर बाट ६ सय ६५ जनाले आँखा सम्बन्धि सेवा लिएका छन् । ति मध्ये ४५ जनाको आँखाको अप्रेशन भएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्टराईले वताएका छन् । त्यस्तै २ सय २ जनालाई निशुल्क चश्मा समेत बितरण गरेको उनले वताए । बाजुरामा चिकित्सक आँएर सेवा पाँउदा गरिब जनता आर्थिक अबस्था नभएर उपचार गर्न नसकेका बिरामीले ठुलो सेवा पाएको नगरप्रमुख पदम बढुवालले वताए । लामो समय सम्म आँखाको समस्या पालेर बसेकाले प्रत्यक्ष सेवा पाएको नगर प्रमुखले थपे । धनगढी गएर उपचार गर्दा कम्तिमा २० हजार भन्दा बढि खर्च हुने गरेको थियो, गाँउमै २० रुपैयामा सेवा पाँउदा स्थानिय निकै खुशी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार