बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • आमा र बुवाले दोस्रो बिहे गरेपछि दुई बहिनी अलपत्र

आमा र बुवाले दोस्रो बिहे गरेपछि दुई बहिनी अलपत्र

  • शुक्रबार, फाल्गुन १७, २०७५
आमा र बुवाले दोस्रो बिहे गरेपछि दुई बहिनी अलपत्र

लक्ष्मिराज पाध्याय
फागुन, १७ बाजुरा
बडिमालिका नगरपालिका ९ बस्ने दुई जना बहिनि अलपत्र परेका छन् । आमा र बुवाले दोस्रो बिहे गरेपछि ७ बर्षकी अस्मिता बढुवाल र ५ बर्षकी रोशनी बढुवाल अलपत्र परेकी हुन् ।
बुवा देब बडुवालले अर्काकी श्रीमति भगाएर भारत तिर गए । भने आमा बिमला बढुवालले पनि अर्को सँग बिहे गरेपछि दुबैजना अलपत्र बनेको बडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावलले वताएका छन् । आमा र बुवाले दास्रो बिहे गरेपछि दुबै बहिनि बेसाहारा बनेकी छन् । जेठी बहिनी अस्मिता घरको बजै सँग बस्दै आएकि छन् भने कान्छि बहिनि रोशनी बढुवाल मावली घरमा बस्दै आएकि छन् ।
आमा र बुवाले छोडेपछि नातिनि अलपत्र परेपछि एकजना आफुले ल्याएर पालेको मावली तर्फकि बज्यै सुनमति रावलले वताईन् । आफ्नो पनी परिवार पाल्न निकै ग्राहो रहेको छ, नातिनिलाइ पाल्न पनि समस्या भएको सुनमतिले वताईन् । जन्मदर्ता नभएर बिद्यालयमा भर्ना समेत गर्न नसकेको उनले वताईन् । बुढेशकालमा अरुको काम गरेर परिवार पाल्दै आएको वताईन् ।
दुबै बहिनी अलपत्र पर्दा पनि राज्य वा कुनै निकायको भने ध्यान नगएको स्थानियले वताएका छन् । अभिभाबक नभएपछि दुबै जना बहिनी बेशाहारा छन्, अरुले दिएको खान्छन्, त्यहि लुगाँ लगाउने गरेको स्थानिय सुरज बडुवालले वताएका छन् । अर्को छोरी भनेर पनि अपहेलना गर्ने गरेको उनले वताए । आमा बुवाको नागरिकता उपलब्ध गराउन नसकेर दुबै जनाको जन्मदर्ता समेत हुन सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार