शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भेडा पाल्न लेकतिर कृर्षक

भेडा पाल्न लेकतिर कृर्षक

  • शुक्रबार, भदौ १३, २०७६
भेडा पाल्न  लेकतिर कृर्षक

 राजेन्द्र बहादुर रोकाया
भदौ १३ बाजुरा
अहिलेको समयमा औल तिर गर्मि हुने भएकाले कृर्षकहरु भेडा पाल्न लेकतिर लागेका छन् । भेडा बाख्रालाई गाउघरको चरनले नपुग्ने भएपछि यतिखेरको समयमा भेडा बाखा्र लेकतिर लिने गरेको गौमुल गाउपालि २ पौदालीका कृर्षक बैसागे धामीले बताउनुभयो । बर्खे सिजनमा भेडा बाखा्रलाई गाउघरमा राख्दा भेडा बाख्रा राम्रो संग नमोटाउने समस्याले समेत भेडा बाखा्रलाई उच्च हिमाली भेग लेकतिर लिने गरेको अर्का भेडा पालक कृर्षक असौजे धामीले बताएका छन् । जिल्लाको गौमुल गाउपालिका लगाएतका धेरै स्थानका भेडा पालक कृर्षकहरुले भेडा लिएर उच्च हिमाली भेग लेकमा भेटिने गरेका छन् । प्राय सबै युवाहरु भेडा लिएर लेकतिर गएपछि गाउघरमा महिला बालबालिका र बिध्यार्थी मात्र भेटिने गरेका छन् । जिल्लाको गौमुल गाउपालिकाको मुख्य स्रोतका रुपमा समेत रहेको गौमुल २ का अध्यक्ष चक्र बहादुर बोहराले बताउनुभएको । आर्थिकको मुख्य स्रोत नै त्यहाँका स्थानियका लागी भेडा पालन भएपछि बिध्यार्थिहरु समेत गाउमै रहेका फुलपाटा माबिमा कक्षा १० सम्मको पढाई पछि कतिपय बिध्यार्थिहरु भेडा पाल्न बाध्य हुने गरेका छन् । गौमुल गाउपालिकाको छेडेतोली, बागडांडा, गौमुलका लेकमा भेहरु लिने गरेको गौमुल २ का स्थानिय बिर बहादुर रोकायाले बताउनुभएको छ । अहिले उच्च हिमालि भेगका लेकमा जताततै भेडा देखीन्छन् अहिले चरीचरनका लागि लेकतिर लगेका भेडा बाखा्र असोजको अत्य तिर गाउमा ल्याउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार