• होमपेज
  • बुढिनन्दा
  • जीप पल्टिदा तीन जना घाइते

जीप पल्टिदा तीन जना घाइते

  • बिहिबार, भदौ १२, २०७६
जीप पल्टिदा तीन जना घाइते

बाजुरा १२ भदौ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्वर १ मटेलामा आज दिउसो जीप पल्टिदा ३ जना घाइते भएका छन । घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर १० ह्याङलुकी २८बषिया जनदेवी रोकाया सोही ठाउकी १६ बर्षिया सिर्जना कार्की, र भारत सितामणी जिल्ला घरभएका २८ बर्षका सुमित शाह घाइते भएका इलाका जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।
कोल्टि देखि धुलाचौर तर्फ जाँदै गरेको से १ ज १०६४ नम्वरको जीप मटेलाको ओरालोमा बे्रक फेल भएर सडक छेउमा पल्टिएको हुनसक्ने प्रहरीले बताएको छ । चालक सहित जिपमा ९ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्य जनदेबी रोकाया र सृजना कार्कीलाई उपचारको लागी नेपालन्ज पठाएको र अमिल शाहलाई जिल्ला अस्पताल पठाएको प्रहरीले जनाकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार