सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • प्रधानमन्त्रीले भेटे आयुष र प्रितम, भाटभटेनीमा गराए सपिङ

प्रधानमन्त्रीले भेटे आयुष र प्रितम, भाटभटेनीमा गराए सपिङ

  • सोमवार, साउन ६, २०७६
प्रधानमन्त्रीले भेटे आयुष र प्रितम, भाटभटेनीमा गराए सपिङ

म एउटा बालक

यो देशको म एउटा नायक

कसरी बुझाउँ यो मनको आगोलाई

कसरी सम्हालु तिम्रा पीरहरूलाई

आफ्नै घर ढलेको छ, आफ्नै जीवन जलेको छ…

छेवैमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली यो गीत सुन्दै थिए। सधैं राजनीतिक घटनाक्रमले तात्ने बालुवाटारको माहौल आइतबार दिउँसो भिन्न देखियो। प्रधानमन्त्रीलाई बालुवाटारमा पुगेर गीत सुनाउने बालक हुन्- भारतीय टिभी च्यानल जिटिभीबाट प्रसारण भएको सारेगमप ‘लिटल च्याम्प्स’ मा ‘टप-६’ मा परेका भक्तपुरका आयुष केसी।

केसीले म एउटा बालक बोलको गीत गाए।

उनको पुर्ख्यौली घर सिन्धुपाल्चोक हो। २०७२ सालको भूकम्पले घर ढलेपछिको पीडालाई उनले गीतमा उतारेका छन्।

गीत रेकर्ड पनि भइसकेको छ। उनले प्रधानमन्त्रीलाई त्यही गीतका केही अंश सुनाए, ‘आफ्नै घर ढलेको छ, आफ्नै जीवन जलेको छ।’

भूकम्पले ढलेको घर उभ्याउने काम सिन्धुपाल्चोकमा भइराखेको छ।

सारेगमप लिटल च्याम्प्समा तेस्रो भएका प्रितम आचार्यले पनि गीत गाएर प्रधानमन्त्रीलाई सुनाए।

इटहरी ५ का आचार्य ११ वर्षका छन्। उनले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीत गाउँदा बालुवाटार शान्त रह्यो।

प्रधानमन्त्री ओलीसँगको छोटो भेटलाई आयुषले भरपुर प्रयोग गर्न खोजे।

१४ वर्ष जेल बसेका प्रधानमन्त्री ओलीका अनुभव सुन्न चाहे।

‘मैले सुनेअनुसार प्रधानमन्त्रीज्यू १४ वर्ष जेल बस्नुभयो। कस्ता थिए त्यसबेलाका अनुभव जान्न पाए हुन्थ्यो,’ मुसुक्क हाँस्दै प्रधानमन्त्रीले भने, ‘अहिले समय कम छ। अर्को भेटमा सुनाउँछु।’

प्रधानमन्त्रीले आफ्नो बाल्यकालबारे स्मरण गर्दै केही कुरा भने सुनाए।

‘म तपाईंहरुकै जस्तोको उमेरको हुँदा भैंसी चराउन गोठालो जान्थें। घरका काम गर्थे। तपाईंहरुलाई जस्तो ठूला मान्छे भेट्ने अवसर त्यसबेला हुँदैनथ्यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले सेतोपाटीसँग भनिन्।

आयुष र प्रितमका कुरा सुनेपछि प्रधानमन्त्रीले उनीहरूका लागि खानेकुरालगायत सपिङ गरिदिने भए।

नजिकैको भाटभटेनीमा मन लागेको खानेकुरा, मन पर्ने लुगा, खेलौनालगायत सामग्री किनिदिन मान्छे खटाइदिए।

‘उनीहरूलाई मन पर्ने खानेकुरा, लुगा, खेलौना किनिदिन लगाउनुभयो,’ वलीले भनिन्, ‘आयुष, प्रितम र उनीहरूका परिवारका सदस्य प्रधानमन्त्री भेट्न आएका थिए।’

प्रधानमन्त्रीले आयुष र प्रितमलाई मेहनत गरी पढ्न र संगीत साधनामा लागिरहन पनि सुझाव दिएका छन्।

यी पनि:

सलमान खानले प्रितमलाई भने- तिमी मजस्तै छौ, देखिन्छौ एउटा, गर्छौ अर्कै

जिटिभीको ‘सारेगमप’ मा प्रितमले लगाएको प्रित

भारतमा तहल्का मच्चाइरहेका आयुष केसी

चर्चामा

सम्बन्धित समाचार