शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • मिस अर्थमा सरिशाले पेश गरिन् राष्ट्रिय पोशाक, जंगल र चरा संरक्षणको सन्देश

मिस अर्थमा सरिशाले पेश गरिन् राष्ट्रिय पोशाक, जंगल र चरा संरक्षणको सन्देश

  • आइतवार, कार्तिक २०, २०७९
मिस अर्थमा सरिशाले पेश गरिन् राष्ट्रिय पोशाक, जंगल र चरा संरक्षणको सन्देश

फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे ।

भर्चुअल माध्यममार्फत भएको कम्पिटिसनमा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्वत गर्ने पोशाक प्रस्तुत गरिन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतीको हरियो रङबाट उनको कस्ट्युम प्रभावित थियो ।

जोखिमको सूचीमा परेको चरा काँडे भ्याकुरलाई पनि पोशामा चित्रण गरिएको छ । काठमाडौंको सभ्यता सुरु भएको ठानिएको चोभार गल्छीमा खिचिएको आकर्षक भिडियो पनि सरिशाले मिस अर्थमा पेश गरिन् ।

सुनैना शाहीले डिजाइन गरेको यो पोशाकले सरिशालाई यो सबटाइटल जित्न मद्दत पुग्ने अपेक्षा द हिडन ट्रेजरले गरेको छ । नोभेम्बर ११ मा सरिशा मनिलातर्फ प्रस्थान गर्ने कार्यक्रम छ भने मिस अर्थको फिनाली नोभेम्बर २९ मा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार