बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • पुल अवरुद्ध हुँदा आवत जावतमा समस्या ।

पुल अवरुद्ध हुँदा आवत जावतमा समस्या ।

  • बिहिबार, साउन २, २०७६
पुल अवरुद्ध हुँदा आवत जावतमा समस्या ।

बडीमालिका खवर समाचारदाता — खप्तड छेडेदह गाउँपालिका वडा नं ६ माडी खोलाको पुल अबरुद्ध हुँदा स्थानियलाई आवतजावतमा समस्या भएको छ । वडाको आटिचौरदेखि सुदाडा, पिनालेख मार्तडी आवतजावत गर्ने बाटोमा पर्ने माडीखोलामा रहेको झुलङ्गे पुलमा तिरन्तरको वर्षाले माथिबाट पहिरो आएर पुलको बिचमा नै ठुलो ढुङ्गा अड्कीएपछि स्थानियलाई आवतजावतमा समस्या भएको स्थानिय सुरेन्द्र नाथले जानकारी दिनुभएको छ । उहाँका अनुसार करिब चार दिन देखि पहिरो आएपछि बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन् भने विद्यार्थीहरुको विद्यालय आवतवाजत पनि बन्द भएको छ । वडा अध्यक्ष कुभ्भनाथ योगीले भने एक्कासी माथीबाट पहिरो आएर हल्लाउनै नसकिने ढुङ्गा अड्कएिपछि त्यसलाई निकाल्न असहज भएको र तत्काल बाटो सुचारु गर्नका लागि भोली नै काठे पसलको निर्माण गर्ने र पुल मर्मतको कामलाई पनि निरन्तरता दिने बताउनुभएको छ । साथै अत्याधिक वषाृका कारण खोलाको पानीको बहाब बढेपछी यातायातका साधन आवतजावत पनि ठप्प भएको छ ।

चर्चामा

सम्बन्धित समाचार