सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • कलाले ल्याइन् ‘पातली’

कलाले ल्याइन् ‘पातली’

  • बुधबार, साउन १, २०७६
कलाले ल्याइन् ‘पातली’

काठमाडौं– महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा गायिका कला लम्सालले ‘पातली’ बोलको तिज गीत सार्वजनिक गरेकी छन् । शिव हमालको शब्द संगीत रहेको गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् ।  शान्ति सुनार र सुशीला गौतमको समूह गायन रहेको गीतको आकर्षक भिडियो समेत तयार गरिएको छ । भिडियोमा गायिका कला र मोडल करिश्मा ढकालको नृत्य रहेको छ । उनीहरुलाई तीज गीतको नृत्यमा थुप्रै कोरसले साथ दिएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार