बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • जीप दुर्घटना हुदा ९ घाईते २ को अबस्था गम्भिर

जीप दुर्घटना हुदा ९ घाईते २ को अबस्था गम्भिर

  • बिहिबार, जेष्ठ ३०, २०७६
जीप दुर्घटना हुदा ९ घाईते २ को अबस्था गम्भिर

पदमबहादुर सि‌ह
बाजुरा ३० जेठ :  बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका २ छताराको भित्री सडकमा से १ ज ५५२ नम्बरको जीप दुर्घटना हुदा नौ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका संचार उमेश अवस्थीले बताएका छन् । घाईतेहरु मध्य २ जनाको अवस्था गम्भिर रहेको अवस्थीले बताए ।
बुढीगंगा नगरपालिकाको बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारा जाने क्रममा सादाले खोला भन्ने स्थानमा सडकबाट करिव एक सय मिटर तल खसेको त्रिबेणी नगरपालिका–२ का वडा अध्यक्ष प्रभुराज जैशीले जानकारी दिएको छ ।
घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक नविन खड्का,गाडी चालक नरेन्द्र रावल रहेका छन् भने यात्रुहरुमा घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक बर्ष २० का नविन खड्का, गाडी चालक नरेन्द्र रावल रहेका छन् । त्यसै गरि यात्रुहरुमा बर्ष ३५ का पंखे नेपाली उनकी श्रीमति बर्ष ३० की रजियाँ नेपाली छोरी बर्ष ३ की सपना नेपाली, बर्ष १ की महेश्वरी नेपाली, र बर्ष ५ का छोरा आयुष नेपाली एकै परिवारका रहेका छन् । सोही वडाकी बर्ष ४२ की झंकरी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
यस्तै वडा नं.–८ का विजय मिजार, सुनिल नेपाली रहेका छन् । घाईते मध्ये झंकरी नेपाली र रजियाँ नेपालीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाईतेको तोली स्वास्थ्य चोकीमा उपचार हुन नसेपछि थप उपचारका लागि अछामको बयालपाटा अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि सोही ठाउँमा जीप दुर्घटना हुदाँ वडा अध्यक्ष सहित ४ जनाको ज्यान गएको थियो ।

चर्चामा

सम्बन्धित समाचार