बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • शिक्षा
  • खप्तड छेडेदहमा ९५.४९ प्रतिशत साक्षर

खप्तड छेडेदहमा ९५.४९ प्रतिशत साक्षर

  • मङ्लबार, जेष्ठ २१, २०७६
खप्तड छेडेदहमा ९५.४९ प्रतिशत साक्षर

पदमबहादुर सिंह
बाजुरा २१ जेठ : जिल्लाको दुर्गम गाउपालिका खप्तह छेडेदह गाउँपालिका ९५.४९ प्रतिशत साक्षरता भएपछि एक कार्यक्रमका बिच साक्षरता गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक कार्यक्रमका बिच साक्षरता घोषणा गरिएको हो ।
खप्तड छेडेदह गाउपालिकामा साविकको काँडा, जयबाग्यश्वरी, गुदुरखाती, डोगडी र आटिचौर साबिकका गाविसहरु रहेका छन् । साक्षरता गाउँपालिका घोषण गर्दा न्यूनतम मापदण्ड बमोजीम साक्षरताको मूल्यांकन गर्दा कम्तिमा राष्टभाषा बोल्न सक्ने,मातृभाषा बोल्न सक्ने ,बर्ण अक्षरको पढाई, ० देखी १०० सम्माका गणना गर्नसक्ने, लेनदेनका हरहिसाव राख्न सक्ने।सरल चित्र पोष्टर साईनबोर्ड सामुदायिक कार्यक्रममा आफ्नो बिचार घडी हेरेर समय बताउने भित्तेपात्रो हेरेर तिथि मिति बताउन सक्ने जस्ता मादण्ड पुरा गरेपछि साक्षरता घोषण गरिएको गाउपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए ।
कुल ३,२३४ घरपरिवारको २२,१ ३५ जनसख्यामा ० देखी १५ वर्ष उम्मेरका ८,६६४ जना १५ बर्ष देखी ६० वर्षको ११,८४४ र ६० वर्ष माथिका २,९२२ मा १५ बर्ष देखी ६० बर्षसम्मको कुल जनसंख्यामा महिला ५,८६० र पुरुष ५,९८४ मध्य महिलाको साक्षरता ५,५७४ र पुरुष साक्षरता ५,७३७ रहेकोले घोषण गरिएको गाउपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन ।
घोषण कार्यक्रममा बोल्ने बक्ताहरु जिल्लाको सबै भन्दा पहिलो गाउपालिका साक्षरता घोषण भएकोमा शुभकामना दिदै साक्षरताको लागी भएको डाटा संकलन गलत नहोस र निरन्र्तताको कामना गरेका थिए । बिभिन्न रुढबादी परम्पराले गुर्जीएकोसमाजलाई सचेती करण गरेर जातिय छुवाछुत छाउपडी सुत्केरी जस्ता परम्परालाई आगामी दिनहरुमा अत्यको लगी गाउपालिकाले पहल गरिरहेको गाउपालिकाले बताएको छ ।
हाम्रो गौरव हाम्रो पहिचान साक्षार गाउँपालिका सबैकाे अभियान भन्ने मुल नाराका साथ साक्षार बर्ष २०७६ एक कार्यक्रम गरि भव्य समारोहका बिच गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले घोषणा गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बुढिगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले व्यानर पढेर कार्यक्रमको उद्धघाटन गरेका थिए । कार्यक्रमा गाउपालिका भित्रका सबै वडाबाट स्थानीय झाँक्री, देउडा विद्यालयबाट साँस्कृतिक कार्यक्रकले स्थानीयहरुले खुशी थिए । गाउँपालिका अध्यक्ष नरबहादु रावतले आगामी दिनमा सामाजिक अभियानमा हातेमालो गर्न सबैको आबस्यक पर्ने भएकोले सहयोग गर्न अपिल समेत गरेका छन् ।

भिडीयाे सहित

चर्चामा

सम्बन्धित समाचार