शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • बिश्वासले दिएको साथ, निस्वार्थी सँग भएको संगत

बिश्वासले दिएको साथ, निस्वार्थी सँग भएको संगत

  • आइतवार, फाल्गुन १९, २०७५
बिश्वासले दिएको साथ, निस्वार्थी सँग भएको संगत

प्रकाश सिंह
सामाजिक अभियानले धेरै कुरा सिकायो, दुख देखायो र केहीलाई नयाँ जिवन पाएको बर्ष बन्न गयो । निस्वार्थ भावना भएका सँग साथ संगत बन्यो, जस्ले हाम्रा सामाजिक अभियानमा सहयोग गरे । कुनै दीन मोटर बाइकमा तेल हाल्ने पैशा हुदैन् थियो, खाजा खाने पैशा हुदैन्, थियो । सहयोगि मनलाई ऋण माग्थ्यौ, हामीलाइ उहाँले सहजै दिनु हुन्थ्यो, त्यहि भएर होला २०१८ मा हाम्रा थुप्रै सामाजिक अभियान सफल भए जनताका पक्षमा वकालत गर्न बलियो भन्दै गयौ । धेरैकोे नयाँ जिवनको बाटो देखायो, हामीलाई देश बिदेश बाट बिश्वासी पात्रका रुपमा बनायो । हामीले लिएका तस्बीर, भिडियो समचार भाइरल बने । कसैको उद्धार भयो, कसैले उपचार पाए, हामी प्रति बिश्वास बढ्यो ।
हामिलाई गाँउमा रिपोटिङ्ग गर्न पैशा हुदैन्, थियो, हामी त्यी निस्वार्थ सहयोगि मनलाइ ऋण माग्थ्यौ, उहाँले सहजै दिनु हुन्थ्यो, उहाँ हाम्रो २०१८ को पहिलो भगवना हो, दोस्रो भगवान हामी दुरदराजका गाँउमा जान्थ्यौ, पिडादायक सवाल बाहिर ल्याउथ्यौ अनि सहयोगि हातहरु जुटथे, सहयोग हुन्थ्यो, तिन मनहरु हाम्रा दोस्रो भगवान हुन् । जो भगवानलाई हृदय देखि खुट्टा ढोगी नमन गर्न चाहान्छु ।
दुख, पिडा, अभाबका बिचमा हाम्रा खोज मुलक अभियानमा साथ सहयोग गर्ने पत्रकार लक्ष्मिराज पाध्यया, प्रेम बिक, प्रशान्त जैशी लगायत सवाल देखाउन सहयोग गर्नु हित्यषी मित्र बिर बहादुर बिष्ट, बिमल रावत, रेखा रेग्मि लगायत सम्पुर्ण साथिहरु प्रेरणका स्रोत हुन् । हामीलाइ सधै साथ सहयोग स्वछ मनहरुले प्रति सलाम ! अझै पनि उहाँको साथ सहयोग रहदै रहिरहोस । जसले हाम्रो यात्रा र अभियान निरन्तर रहिरहने ।
मनछुने केही कथा
१.बडिमालिका नगरपालिका ५ मना गाँउमा पाँच भाइबिहिनि बिच्चलीमा परे । बुवा क्यान्सरका कारणले मुत्यु र आमा अर्को बिहे गरेर गएपछि भाईबहिनि बिच्चलीमा थिए । ४३ को उमेरमा राम बहादुर साउदको क्यान्सरको कारणले मृत्यु भयो । बिर्मा साउद श्रीमानको मृत्यु भएको १० महिना पछि अर्को बिहे गरेर गईन् । १३ बर्षिय पार्वति साउद, ११ बर्षकि सोबिना साउद, ९ बर्षकि अस्मिता साउद, ७ बर्षको सुवास साँउद र ४ बर्षको रोशन साउद बिच्चलीमा थिए । बुवा बिरामी भई बिते आमा अस्पताल जान्छु भनेर गएकि हुन्, तर फिर्ता भईनन् । उनले अर्को बिहे गरेर गइरहिन्छन् । पार्वतिले भिडियोमा रुदै भनिन् कुनै दिन भाइबहिनि भोकै बस्ने गरेका छौ, लुगाकपडा कहिले राम्रा लगाउन पाँउदैनौ, अरुले दिएका फाटाटुटा लुगा लगाउने गरेको वताईन् । जुन भिडियो धेरै भाइरल बन्न पुग्यो, धेरै ठाँउ बाट सहयोग जुट्यो बच्चाहरु अहिले एसोएस वालग्राम काठमाडौमा छन् ।
२. गौमुल गाँउपालिका ५ कोट बस्ने देशी बुढाको ३ जना परिवार बिच्चली परेका थिए । ३६ बर्षका देशी बुढा अपागं र उनकि श्रीमति बिपुरा बुढाले गाँउकै भतिजा नाता लाग्ने सँग बिहे गरेपछि बिच्चल्लीमा परेका थिए । ३६ बर्षका देशी बुढा उनका ९ बर्षका छोरा विकास बुढा र ६ बर्षका बिपिन बुढा बेशाहारा बनेका हुन् । देशी बुढा कामको शिलशिलामा दुई बर्ष पहिला भारतमा गएको बेला दुर्घटना भएर घाइते भएका थिए । उनको कम्मर तलको कुनै पनि भाग चल्दैन्, दिशापिसाब पनि ओछ्यानमा गर्ने गरेका थिए । बावु ओछ्यान बाट चल्न सक्दैनन आमा बिहे गरेर गइस्किन्, खान लाउन र पढाइ खर्च समेत जुटन निकै धौ धौ भएको थियो । आमा पनि कस्ति ति कलिला बालकलाई छोडेर नजिकै अर्को बिहे गरेर गईन् । अलि पनि दुखेन होला उनको । देशी बुढाको परिवार कथा निकै दर्दनायक थियो । उनको परिवारको अबस्था बाहिर आईसकेपछि उनका बच्चा एसोएस वालग्राम धनगढीमा छन् । देशी बुढा भने जिवन मरणको दोसाधमा छन् ।
३. बडिमालिका नगरपालिका ५ कोर्ध बस्ने ४१ बर्षिय धनमति बढुवाल उपचार अभाबमा भौतारीरहेकि थिइन् । २०७४ असोजमा भिर बाट ढुङ्गा खसेर उनको खुट्टा भाचिएको थियो । आफन्त नहुँदा र आर्थिक अभाबमा उनले आठ महिना सम्म अपाङ्ग जिवन सँगै उपचार अभाबमा तडपिएकि छन् । धनमति बढुवाल श्रीमान मान सिं बढुवाल तिन बर्ष पहिला भिर बाट लडेर मृत्यु भएको थियो । अहिले उनी र उनकि छोरी चन्द्रा कुमारी बढुवाल मात्र छन् । खुट्टा भाचिएको केही महिना सम्म उनलाई अस्पताल सम्म पुयाउने कोही नभएपछि उनले घरमै पिडा सहदै बसिन् । उपचारको लागि सबै तिर गुहार गरे, तर कतै बाट सहयोग भएन्, कतै जाँउन भने हिड्न नसक्ने पिडा सहदै बसिन् । दुई पटक घाउमा किरा पर्दा सम्म पनि उपचार भइनन्, जब रिपोटिङ्ग मार्फत बाहिर आईसकेछि थुप्रै सहयोगि मनले सहयोग गरे उनको उपचार बयलपाटा अस्पतालमा भयो, अहिले उनि सञ्चो भएर घरमा छन् ।
४. हिमाली गाउँपालिका ६ कि १५ वर्षीया लक्ष्मी शाही सहाराको बिहिन बनिन् । सहारा दिने अभिभावक र सहयोग गर्ने आफन्त नहुँदा उनी बिचल्लीमा परिन् । लक्ष्मि चार वर्षकी हुँदा आमाबुबा दुवैजनाको मृत्यु भए पछि बेसहारा बनीन् । आफन्तले घरमा समेत बस्न नदिएपछि गाउँले नाता पर्ने एक जना दिदीले आफ्नो घरमा लगेर राखेको उनले बताइन् । चार वर्षकै उमेरदेखि नाता पर्ने दिदीको घरमा बस्दै आएकी लक्ष्मीलाई दिदीले काम गर्न नसकेको दिन खानै नदिने र बिहानै उज्यालो नहुँदैदेखि घरभित्र र घरबाहिरको काममा खटिदै आइन् अन्तमा ति साहाराको खोजी लागिन् । अहिले उनि माइती नेपाल काठमाडौमा संरक्षण छन् ।
५.जगन्नाथ गाँउपालिका ३ महति बस्ने करन नेपालिको सिचाई कुलो मर्मत गर्दा लडेर खुट्टा भाच्चियो । उनलाई उनका आफन्तले बोकेर कोल्टि ल्याए । आर्थिक अबस्था निकै कमजोर रहेका करनको परिवारले स्थानिय साहुँ बाट २० हजार मासिक रुपैया सयकडा ३ प्रतिशतका दरले ब्याजमा रिन काढेर उपचारका लागि ल्याए । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टि र स्थानिय नविन मेडिकलमा उनले उपचार गरिहेका छन् । रिन झिकेको पैशा सकिएपछि उनलाइ बजारमा राख्न सम्भाबना नभएपछि उनकि श्रीमति पशु नेपालीले आफै बोकेर आफन्तको घर कहाँ लग्दै गर्दा को तस्बीर एकाएक भाइरल बन्न गयो । उनको रिन झिकेको २० हजार रुपैया काठमाडौ बस्ने फिल्म निर्माता तथा कलाकार अमित ढुङ्गानाले तिरी दिएका छन् । त्यस्तै बगमाया लिमिटेड इगल्यान्डले ४ हजार ९ सय समेत सहयोग गर्नु भएको छ ।
२०१८ मा यी थुप्रै सवालका बारेमा लेखियो । धेरैले नयाँ जिवन पाए । यो बर्ष मात्र १४ जना अलपत्र बच्चाहरुको उद्धार भयो । ५ जनाको उपचारका लागि राहत जुटाउने काम भयो । उपचार नभएर तड्पिरहेका लागि उपचार गर्ने काम भए । धेरै सामाजिक सवालमा लेखियो । ७१ बर्षिय गन्धर्व महिलाले नागरिकता नपाँउदा सामाजिक सुरक्षा भत्ता बाट बञ्चित थिईन्, उनको नागरिकता लागि पहल सम्म गर्ने काम भयो । पत्रकार महासंघ बाजुरा शाखाको जग्गा खरिद गरि भवन निर्माणका लागि पहल अगाडि बढिरहयो । यो अभियानमा धेरैको सहयोग रहयो । थुप्रै भष्ट्रचारका सवालमा कलम चलाइयो, चुनौती दवाफका बिचमा कलमको यात्रा निरन्तर रहिरहयो । ९ बर्ष देखिको पत्ररकाीता सधै सामाजिक काममा लागि तर अग्रेजि बर्ष २०१८ मा उत्कृष्ट बन्न गयो । धेरैको नयाँ जिवन पाए राम्राको साथ सहयोग पाइयो, दुख सँग पनि संगत गर्ने मौका मिल्यो । जसमा धेरै सहयोगि मनको साथै सहयोग रहयो, आगामि बर्ष पनि यस्ता अभियानमा निरन्तर रहिरहने छ । हजुरको साथ सहयोग सधै रहिरहोस ।

चर्चामा

सम्बन्धित समाचार