शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • प्रजातन्त्र दिवसको अवसरमा बजारको सरसफाई ( फोटो फिचर)

प्रजातन्त्र दिवसको अवसरमा बजारको सरसफाई ( फोटो फिचर)

  • बुधबार, फाल्गुन ८, २०७५
प्रजातन्त्र दिवसको अवसरमा बजारको सरसफाई ( फोटो फिचर)

नहकुल जोशी
कोल्टी ८ बाजुरा
राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ को अवसर पारी आज बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारको सरसफाई गरिएको छ । बुढीनन्दा नगरपालिकाको आयोजनामा प्रजातन्त्र दिवसको पछिल्लो दिन कोल्टी बजार क्षेत्रमा रहेको फोहोर उठाईएको हो । सरसफाई कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी लगायत जनप्रतिनिधिहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक सहित कर्मचारीहरु, जनप्रकाश उच्च माद्यामिक विद्यालयका प्राचार्य अनोजराज गिरी, नेपाली सेना, नेपाल प्रहरी, स्थानिय बजार वासी लगायत सञ्चारकर्मीको समेत उपस्थिति रहेको सो कार्यक्रममा कोल्टी बजारमा रहेको फोहोर उठाइएको नगरपालिकाले. बताएको छ । बजार क्षेत्रमा स्थानियले प्लाष्टिक र प्लाष्टिक जन्य फोहोर पदार्थ फालेकाले आगामी दिनमा सडकमा फोहोर नफाल्न आग्रह समेत गरेर बजार सरसफाई गरिएको हो । कोल्टी बजार क्षेत्रमा रहेको ढल नाली ब्यवस्थित नहुदा ठाँउ ठाँउमा भत्कीएको र फोहोरको समेत ब्यवस्थापन हुन नसक्दा फोहोर र प्रदुषित बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार