शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खप्तड छेडेदह
  • भालुको आक्रमणबाट बाजुरामा दुई जना घाइते

भालुको आक्रमणबाट बाजुरामा दुई जना घाइते

  • बुधबार, माघ २३, २०७५
भालुको आक्रमणबाट बाजुरामा दुई जना घाइते

भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए ।

रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ । आज बिहान गाउँ नजीकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो । घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।

चर्चामा

सम्बन्धित समाचार