शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको बुढीनन्दा नगरपालिकामा छाउँगोठ भत्काइयो

बाजुराको बुढीनन्दा नगरपालिकामा छाउँगोठ भत्काइयो

  • बुधबार, माघ २३, २०७५
बाजुराको बुढीनन्दा नगरपालिकामा छाउँगोठ भत्काइयो

प्रमित वि.क
बाजुरा, माघ २२ । बाजुराको बुढीनन्दा नगरपालिका वडांहरुमा थप १२ छाउँगोठ भत्काइएका छन् । वडा न. चार ताडी र चम्लाया बस्तीमा हिजो र आज गरी १२ वटा छाउगोठ भत्काएका हुन ।
महिला सदश्य टुल्की धामीको नेतृत्वमा स्थानिय महिलाहरु चाउलि रोकाया, डल्ली रोकाया र सिधुरा धामि लगायतका अगुवाई महिलाहरुको नेतृत्वमा उक्त छाउगोठहरु भत्काइएको वडाध्यक्ष राजन रोकायाले बताउनु भएको छ ।
महिलालाई छाउगोठमा राख्दा विभिन्न प्रकारका हिंसाहरु हुने र अवस्थ बासका कारण ज्यानै समेत जाने घटनाहरु भएकाले सोन्युनिकरणका लागि अहिले स्थानिय तहले छाउगोठ भत्काउने अभियान शुरु गरेका छन ।
२१ औँ शताब्दीमा आएर अझैपनी छाउपडी जस्ता कुरीति कुसंस्कारको अन्त्य नभए देशको बिकास असम्भव रहेको भन्दै महिलाहरुले गोठ भत्काउन थालेका हुन । पौष २५ गते राती सुतिरहेका आमा सहित २ छोराको ज्यान जाने गरी छाउगोठमा भएको घटनालाइ मध्यनजर गदै छाउँ गोठ भत्काउने पहँल चालिएको महिला सदश्य चाउँली रोकायाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार